२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउनुको विकल्प छैन: नेता केसी

३ आश्विन २०७५, बुधबार ११:२३

प्रेम सुनार | असोज ३, बुटवल । नेपाली कांगे्रसका नेता  तथा पुर्वमन्त्री  अर्जुन नरसिंह केसीले सरकारले ल्याएको मुलुकी सहिंताले सबै क्षेत्रलाई अफठ्रोमा पारेको उल्लेख गर्दै पे्रसलाई यो वा त्यो प्रकारले सरकारले अबरोध गर्न खोजेको आरोप लगाएका छन । 

प्रेस युनियन रुपन्देहीको आज बुटवलमा आयोजित २० औं साधारणसभा तथा आठौ अधिवेशनलाई सम्वोधन गर्दै उनले भने–‘ सञ्चारकर्मीहरुले पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउनुको विकल्प छैन । 

उनले  थपे ‘ प्रेस स्वतन्त्रताको संरक्षण गर्नु पर्नेमा सरकारले बन्देज गर्न खोजेको छ ।’ आस्थाका कारण फरकफरक ठाउंमा उभिएपनि स्वतन्त्र पे्रसको पक्षमा सबै पत्रकारहरु एकठाउं हुनुपनु पर्नेमा उनको जोड थियो  । 


पुर्व मन्त्री के सीले  मुलुकी सहिंताले पत्रकारहरुलाई अंकुशल लगाउनुका साथै   जनतालाई सुसुचित हुने अधिकारबाट बन्चित गराएको बताए ।स्वतन्त्र पे्रस नरहे मुलुकमा लोकतन्त्र नहरने बताउंदै कांगे्रस स्वतन्त्र पे्रसको पक्षमा रहेको उनले धारणा राखेका थिए  ।

लोकतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न नयाँ प्रकारको आन्दोलन आवश्यक रहेको उनको भनाई थियो  ।कार्यक्रममा पे्रस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारले ल्याएको मुलुकी सहिंताले पे्रसलाई कमजोर बनाउने  धारणा राखेका थिए ।

उनले पे्रसलाई जिम्मेवार बनाउन सरकारले नसकेको दावी गर्दै स्वतन्त्र पे्रसको पक्षमा खवरदारी गर्नुपर्ने बताए । पे्रस युनियका उपाध्यक्ष वाला अधिकारीले मिडिया बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउंदै मुलुकी सहिंता स्वतन्त्र पे्रसको बिपक्षमा रहेको दावी गरिन् ।

कार्यक्रममा नेपाली कांगे्रसका रुपन्देही सभापति अब्दुल रज्जाक, प्रदेससभा सांसद निर्मला क्षेत्री, पे्रस युनियनका महासचिव अजयबावु शिवाकोटी, पूर्व महासचिव शिव लम्साल, पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, पत्रकार माधव अर्याल, नेपाली कांगे्रसका क्षेत्रीय सभापनि हरि लम्साल, बुटवल नगरसभापति खेलराज पाण्डे, तुलाराम गुरुङ लगायतले बोलेका थिए । 

जीपी पत्रकारिता पुरस्कार: पाण्डेलाई 

कार्यक्रममा जीपी पत्रकारिता पुरस्कारबाट पत्रकार छविलाल पाण्डेलाई सम्मान गरिएको छ  पत्रकार पाण्डेलाई नगद २५ हजार १ सय १ रुपैंयासहित कदर पत्रले सम्मान गरिएको छ भने सञ्चारकर्मी सीता पौडेललाई पनि पे्रस युनियनले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य