४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

राजनीति गर्नेलाई भन्दा काम गर्ने व्यवसायीलाई जिताउन रामेछापका निर्माण व्यवसायीको आग्रह

३ आश्विन २०७५, बुधबार १५:२०

प्रज्वल पौडेल । असोज ३, काठमाण्डौँ । नेपाल निर्माण व्यवसायी महासंघको अधिवेशन तोकिएसँगै व्यवसायीहरुको दौडधुप सुरु भएको छ । २० औँ अधिवेशनमा नयाँ नेतृत्व चयन हुने भएकाले महासंघमा आवद्ध निर्माण व्यवसायीहरु अहिले चुनावको आन्तरिक तयारीमा जुटेका हुन् । 

यसैबीच रामेछाप निर्माण व्यवसायी संघले बुधबार राजधानीमा रामेछाप जिल्ला घर भई विभिन्न स्थानबाट व्यवसाय गर्दै आएका व्यवसायीबीच अन्तरक्रिया गरेको छ । संघका जिल्ला अध्यक्ष इन्द्र बहादुर तामाङको अध्यक्षतामा निर्माण व्यवसायीबीच अन्तरक्रिया भएको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले रामेछाप जिल्ला घर भएका व्यवसायीलाई एउटै पदमा उम्मेद्वारी नदिन आग्रह गरेका छन् । उनले भने -' सहमति गरेर चुनावमा जानुहोला, एउटै पदमा उठ्दा मत बाडिने भएकाले अरु नै विजयी हुने संम्भावना हुन्छ, बसेर छलफल गरौ ।' उनले राजनीतिक आस्था जहाँ भएपनि सक्षम व्यक्तिलाई विजयी गराउनुपर्ने भएकाले व्यवसाय जहाँ सञ्चालन भएपनि रामेछापका व्यवसायी नेतृत्वमा आउनुपर्ने बताए । 


रामेछाप जिल्ला घर भएपनि व्यवसायी देशभरी छरिएर रहेकाले एक अर्काबीचमा परिचयको वातावरण हुने भएकाले कार्यक्रम आयोजना गरिएको  कार्यक्रम संचालक रामकुमार पाण्डेले बताए । उनले भने -'चुनावको समयमा सबै प्रतिनिधी काठमाण्डौँ आउनुभएकाले रामेछापका उम्मेद्बार विजयी गराउन र आगामी दिनमा पनि अगाडि बढ्न सहज हुने भएकाले यो कार्यक्रम राखिएको हो ।'

यसैगरी कार्यक्रमका अन्य वक्ताहरुले सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहेको बताए । राज्य निर्माणमा व्यावसायीले प्रत्यक्ष सहयोग पुर्याउने भएकाले अहिले आएको कानुन व्यवहार सम्मत नभएको भन्दै तत्काल सच्चाउन समेत उनीहरुले आग्रह गरे । निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन राज्यले दिए मात्र समयमा काम सम्पन्न हुने बताए । 


व्यवसायीहरुले ठूला र साना निर्माण व्यवसायीबीचको दुरीलाई मेटाएर व्यवसायलाई वैज्ञानिक प्रणालीको आधारमा काम गर्नुपर्ने धारणा राखे । उनीहरुले भने -' व्यक्ति को पदमा पुग्छ भन्दा पनि कस्तो नीति अवलम्बन हुन्छ यस तर्फ ध्यान दिन पर्छ ।  राजनीति गर्नेलाई भन्दा पनि काम गरिरहेको अनुभवी व्यक्तिलाई जिताए मात्र व्यवसायीको हितमा कार्य अगाडि बढ्छ ।'

असोज ५ र ६ गते हुने अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओली विदेश जाने भएकाले ४ गते नै उद्घाटन गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ