Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 20, 2018 दाङ्ग - DNG, समाज

दाङबाट एक युवा हतियारसहित पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ४, घोराही (रासस) | पेस्तोलसहित घोराहीबाट प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढा रहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।

आफ्नै बुबालाई गोली हान्ने धम्की दिँदै आएका बुढाले हतियार बोकी हिडिराखेको प्राप्त सूचनाका आधारमा उनको शरीर खानतलासी गर्दा पेस्तोल भेटिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । बुढाको साथबाट ७ दशमलव ६५ क्यालिभरको पेस्तोलका साथ एक थान म्यागजिन र चार राउण्ड गोली पनि बरामद भएको थियो । बुढामाथि थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि घोराही उपमहानगरपालिका–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई अमेरिकामा बनेको अटोमेटिक पेस्तोलसहित शनिबार बेलुका घोराही बजारबाटै पक्राउ गरी मुद्दा चलाइसकिएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।