२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

युवा स्वरोजगार तालीम शुरु

२०७५, ४ आश्विन बिहीबार १७:०४

असोज ४, बुटवल (रासस) | बुटवल उपमहानगरपालिकले युवालाई लक्षित गरेर युवा स्वरोजगार तालीम शुरु गरेको छ । 

‘मेयर युवा इलम’ नामक उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई स्वरोजगारमूलक सीप सिकाइनेछ । 

सीप सिकेका युवालाई दक्षताका आधारमा रोजगारदाताको सहकार्यमा रोजगारीसमेत दिने गरी यस्तो तालीम शुरु गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । 

उक्त तालीमको आज शुभारम्भ गर्दै उहाँले प्राथमिकताका साथ ल्याइएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना कार्यक्रम मानिएको बताउनुभयो ।

प्रमुख सुवेदीले युवालाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुनेछ भन्नुभयो । 

सो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले उपमहानगरपालिकासँग सहकार्य गरेको छ । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायक कहाँ पठाइनेछ । 

सो अवसरमा उपप्रमुख गुमादेवी आचार्यले समृद्ध, सभ्य र समावेशी बुटवल निर्माणका चरणमा रहेकाले यो तालीम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको मर्मत गर्नेबारेसमेत तालीम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ जना युवा छनोट भएका छन् । उनीहरुले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिने तालीम लिइनेछ । 

यस्तै अटो मेकानिक्सको आधारभूत तालीमका लागि २० युवा छनोट भएका छन् । जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालीमका लागि ३५, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४, पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन् । 

विभिन्न विषयमा समूह छुट्याएर तालीम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । हेवी मेसिन मर्मत देखि फेसन डिजाइनसम्मका कामबारे विशेष तालीम दिइने अधिकृत दामोदर ज्ञवालीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते