२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

युवा स्वरोजगार तालीम शुरु

४ आश्विन २०७५, बिहीबार १७:०४

असोज ४, बुटवल (रासस) | बुटवल उपमहानगरपालिकले युवालाई लक्षित गरेर युवा स्वरोजगार तालीम शुरु गरेको छ । 

‘मेयर युवा इलम’ नामक उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई स्वरोजगारमूलक सीप सिकाइनेछ । 

सीप सिकेका युवालाई दक्षताका आधारमा रोजगारदाताको सहकार्यमा रोजगारीसमेत दिने गरी यस्तो तालीम शुरु गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । 

उक्त तालीमको आज शुभारम्भ गर्दै उहाँले प्राथमिकताका साथ ल्याइएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना कार्यक्रम मानिएको बताउनुभयो ।

प्रमुख सुवेदीले युवालाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुनेछ भन्नुभयो । 

सो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले उपमहानगरपालिकासँग सहकार्य गरेको छ । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायक कहाँ पठाइनेछ । 

सो अवसरमा उपप्रमुख गुमादेवी आचार्यले समृद्ध, सभ्य र समावेशी बुटवल निर्माणका चरणमा रहेकाले यो तालीम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको मर्मत गर्नेबारेसमेत तालीम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ जना युवा छनोट भएका छन् । उनीहरुले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिने तालीम लिइनेछ । 

यस्तै अटो मेकानिक्सको आधारभूत तालीमका लागि २० युवा छनोट भएका छन् । जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालीमका लागि ३५, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४, पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन् । 

विभिन्न विषयमा समूह छुट्याएर तालीम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । हेवी मेसिन मर्मत देखि फेसन डिजाइनसम्मका कामबारे विशेष तालीम दिइने अधिकृत दामोदर ज्ञवालीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य