२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मदिरा निषेध गर्ने निर्णय कार्यान्वयन गर्न महिलाहरुको दवाव र्याली

२०७५, ५ आश्विन शुक्रबार ०९:०५

सम्राट सिंह, असोज ५, बझाङ । बझाङ जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्ने जिल्ला सभाको निर्णय तत्काल कार्यान्वयन गर्न जयपृथ्वी नगरपालिकाका महिलाहरुले दवाब ¥याली निकालेका छन ।

मदिराका कारण जिल्लामा हत्या,हिंसा र जगन्य अपराधका घटनामा बृद्घि भएको भन्दै झण्डै एक महिना अगाडि जिल्ला सभाले बझाङलाई मदिरा निषेधित जिल्ला बनाउने निर्णय गरेको थियो ।

यसरी जिल्ला सभाले निर्णय गरेको एक महिना पुग्दा समेत निर्णय कार्यान्वयन नभएपछि तत्काल कार्यान्वयन गर्न जयपृथ्वी नगरपालिका भित्रका महिलाहरु नारा जुलुस सहित बजार परीक्रमा गरी दवाव दिएको जयपृथ्वी नगरपालिका घर भएकी बिष्णा नेपालीले बताइन् ।  मदिराले गर्दा जिल्लामा महिला हिंसा तथा अन्य जगन्य अपराधका घटनामा बृद्घि भएकाले जिल्लामा तत्काल मदिरा निषेध गर्नुपर्ने उनको भनाइ छ ।

जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय गरेपछि बझाङ उद्योग बाणिज्य संघले पनि यसको बिरोध गर्दै बिभिन्न आन्दोलनका चरणहरु घोषणा गरेका छन । आन्दोलनका चरणमा आज उद्योग बाणिज्य संघले दिनभर बजार बन्द गरेको छ । व्यापारीहरुको पिर मर्का नहेरी मदिरा व्यापारीहरुले इजाजत पत्र नविकरण गरिसकेपछि जिल्ला सभाले जिल्लामा मदिरा निषेध गर्ने निर्णय गरी व्यापारीको ढाड सेक्ने कामको उद्योग बाणिज्य संघका बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । उनले भने व्यापारीहरुको करोडौ मुल्य बराबरको मदिरा जिल्ला भित्र आइसकेकाले व्यापारीहरु धेरै मर्कामा परेका छन ।

जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय गरेपछि उद्योग बाणिज्य संघले पनि न्याय माग्दै पुनरावेदन अदालतमा मुद्घा दायर गरेको छ । बझाङ जिल्लामा झण्डै ४ सय व्यापारीले मदिरा को इजाजत प्राप्त गरी मदिरा व्यापार गरिरहेका छन । पुनरावेदन अदालतको आदेशको प्रतिक्षामा रहेका बेला जिल्लामा मदिरा बिक्री गर्न पाउनु पर्ने माग राख्दै व्यापारीहरुले विभिन्न आन्दोलन गर्ने गरेका छन भने जिल्ला सभाको निर्णय तत्काल कार्यान्वयन गर्न महिलाहरुले दवाव ¥याली गर्ने गरेका छन ।

मदिराले समाजलाई धमिलो पारेको र समाजमा विभिन्न प्रकारका बिकृति पनि मदिराले नै ल्याएको हुँदा सभ्य समाज निर्माण गर्न जिल्ला सभाले बझाङ जिल्लालाई नै मदिरा निषेधित जिल्ला बनाउने स्वागतयोग्य निर्णय गरेकाले यसमा सबैले सहयोग गर्नुपर्ने जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बताइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते