2026-09-14 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विकास र विस्तारमा चिन्तित हुन जरुरी: नगरप्रमुख

असोज ७, महेन्द्रनगर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास र विस्तारमा सबैले चिन्तत हुनु पर्नेमा जोड दिएका छन् ।

सत्तारुढ नेकपा आवद्ध प्राध्यापकहरुको भेलामा नगर प्रमुख विष्टले विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सबैले गम्भीर हुनु पर्ने जनाए । ‘विश्वविद्यालयको विकास र विस्तारका लागि सबैले चिन्तित हुन जरुरी छ’ नेकपा पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले भने,‘के कस्ता सुधार गर्न सकिन्छ, त्यसमा सबै गम्भीर होऔ, सुधार के गर्न सकिन्छ त्यसका लागि एक होऔ, विश्वविद्यालय सुधार आउँछ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना आन्दोलनका अभियन्ता नगर प्रमुख विष्ट सुप विश्वविद्यालय सिनेट सदस्य छन् । 

विश्वविद्यालयसित आफ्नो विद्यार्थी जीवनबाट नाता जोडिएको उल्लेख गर्दै उनले विश्वविद्यालय सुधारका लागि सबै प्राध्यापक, कर्मचारी सबैलाई गम्भीर हुन आव्हान समेत गरे । नगर प्रमुख विष्टले विश्वविद्यालयका सुधारका लागि प्राध्यापकहरुलाई कार्य योजना सहितको अवधारणा बनाउन आग्रह गरेका छन् । भीमदत्त नगरपालिका र विश्वविद्यालयबीच सहयोग र सहकार्यका लागि सम्झौता गरिएको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्राध्यापकहरुले नगर प्रमुख विष्टलाई विश्वविद्यालय स्थापनाका लागि खेलेको भूमिका स्मरण गराउँदै यसलाई शैक्षिक धरोहर बनाउन पहल गर्न आग्रह गरेका छन् । ‘जसरी तपाईले हिजाको दिनमा विश्वविद्यालय स्थापनाका लागि भूमिका खेल्नु भयो, अहिले सिनेट सदस्य हुनु हुन्छ,’ उप प्राध्यापक उत्तम थापाले, ‘अहिले सुधारका लागि दाईको खाँचो देखियो, यसमा पहलकदमी लिन हुन आग्रह गर्छु ।’

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सञ्चालन हुनु पर्ने एमबीएको पढाई आङ्गिक क्याम्पसबाट गर्न लागिएकोमा चिन्ता जाहेर गर्दै सबैले गम्भीर हुन पर्ने उप प्राध्यापक थापाको भनाई थियो । उप प्राध्यापक खगेन्द्र प्रसाद जोशीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा केही पदाधिकारी र कर्मचारीका कारण गर्नै नहुने कार्य भएकाले त्यसलाई सबैले रोक्नु पर्नेमा जोड दिए ।

उप प्राध्यापक शंकरदत्त भट्टले विश्वविद्यालय सुधारका लागि आन्दोलन गरिएपछि कुलपति र सहकुलपति दुबैले विश्वविद्यालय सुधारका लागि छानबिन समिति गठन गरेकाले सबैले समितिलाई आवश्यक सहयोग गर्नु पर्ने बताए । प्राध्यापक राजेन्द्र प्रसाद जोशीले प्राध्यापक संगठन एकता नभएर केही अन्यौलता देखिएको उल्लेख गर्दै एकीकरणपछि सशक्त भएर जाने बताए । कार्यक्रममा देब सिह नाथ, अजुर्न सिह नेगी, बीर बहादुर सिह, डम्बर सिह बोहरा, विश्वविद्यालय कर्मचारी संघका दिलिप सिह धामी, विनोद जोशी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा पूर्व नेकपा (एमाले) प्रदेश ७ कमिटी सदस्य शंकदत्त बोकटी, भीनपा वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ