२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

विवाह गर्न नमाने पछि युवती माथी एसिड र छुरा प्रहार

९ आश्विन २०७५, मंगलवार ०७:४३

प्रेम सुनुवार | असोज ९, बुटवल | पछिल्लो समय आपराधिक समूहको हतियार बनेको एसिड प्रकरण नवलपरासीमा पनि दोहोरिएको छ । 

एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि नवलपरासीमा एक युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् । 

पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ बर्षीय विमल श्रीपालीले सोही छिमेकी ३० बर्षीया बसन्ती परियारलाई गएराती एसिड छर्कनुका साथै छुरा प्रहार गरेका हुन । 

स्थानीयका अनुसार श्रीपालीले परियारसँग एकतर्फी प्रेम गर्थे । उनले केहि दिन अघिबाट उनीसँग विवाह गर्ने प्रस्ताव नै राखेका थिए । 

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी रमेश थापाले घटनाको पुष्टि गर्दै भने–‘ घटना गएरातिको हो ।  युवाले पहिलेदेखि महिलालाई विवाह प्रस्ताव गर्दै आएको बुझिएको छ ।  प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान सुरु भैसकेको छ ।’ 

एसिड छर्किदा महिलाको २५ प्रतिशत शरीर जलेको छ । 

प्रहरीका अनुसार पीडितको भरतपुरमा उपचार भइरहेको छ भने अभियुक्त श्रीपाल प्रहरी नियन्त्रणमा छन् । घटनापछि कावासोतीवासी त्रसित छन् । 

महिलाको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ सर्जन डा सुरेस प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो । 

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ ।

चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुबै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ । 

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य