२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

विवाह गर्न नमाने पछि युवती माथी एसिड र छुरा प्रहार

२०७५, ९ आश्विन मंगलवार ०७:४३

प्रेम सुनुवार | असोज ९, बुटवल | पछिल्लो समय आपराधिक समूहको हतियार बनेको एसिड प्रकरण नवलपरासीमा पनि दोहोरिएको छ । 

एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि नवलपरासीमा एक युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् । 

पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ बर्षीय विमल श्रीपालीले सोही छिमेकी ३० बर्षीया बसन्ती परियारलाई गएराती एसिड छर्कनुका साथै छुरा प्रहार गरेका हुन । 

स्थानीयका अनुसार श्रीपालीले परियारसँग एकतर्फी प्रेम गर्थे । उनले केहि दिन अघिबाट उनीसँग विवाह गर्ने प्रस्ताव नै राखेका थिए । 

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी रमेश थापाले घटनाको पुष्टि गर्दै भने–‘ घटना गएरातिको हो ।  युवाले पहिलेदेखि महिलालाई विवाह प्रस्ताव गर्दै आएको बुझिएको छ ।  प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान सुरु भैसकेको छ ।’ 

एसिड छर्किदा महिलाको २५ प्रतिशत शरीर जलेको छ । 

प्रहरीका अनुसार पीडितको भरतपुरमा उपचार भइरहेको छ भने अभियुक्त श्रीपाल प्रहरी नियन्त्रणमा छन् । घटनापछि कावासोतीवासी त्रसित छन् । 

महिलाको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ सर्जन डा सुरेस प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो । 

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ ।

चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुबै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ । 

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते