२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा टिपरले किचेर एकजनाको मृत्यु

९ आश्विन २०७५, मंगलवार ११:५३

असोज ९, नुवाकोट | नुवाकोटको ओखरपौवामा गएराती टिपरले किचेर स्थानीय एक वृद्धको मृत्यु भएको छ | 

सदरमुकाम विदुरदेखि ५० किलामिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ सिसडोलमा टिपरले सोमबार राति बाटोमा हिँडिरहेका स्थानीय वृद्धलाई किच्दा घटनास्थलमै मृत्यु भएको हो | मृत्यु हुनेमा ककनी गापा – १ कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामी रहेका छन् | बलामीलाई सिसडोलबाट तिनपिप्लेतर्फ जाँदै गरेको वा३ ख ३७३० नम्बरको ढुंगा बोक्ने टिपरले ठक्कर दिएको थियो | उनको मृत्यु भएपछि आफन्त तथा स्थानीयले यातायात बन्द गर्नुका साथै तिनपिप्ले-सिसडोल सडकखण्ड ठप्प पारेका थिए।

घटनालगत्तै स्थानीयवासीले सडकमार्ग अवरुद्ध गरेपछि क्षतिपूर्ति दिने सहमतिपछि सडकमार्ग सुचारु गरिएको प्रहरीले नुवाकोटले जानकारी दिएको छ । 

क्षतिपूर्ति पाउने सहमति भएपछि मृतकको शव उठाएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरिएको छ । सहमतिपछि यातायात सुचारु भएको नुवाकोट प्रहरीले जनाएको छ । वृद्दको मृत्यु भएपछि मंगलबार दिनैभर नुवाकोटको सिसडोल क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका थिए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य