पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १०, पाल्पा |</b> पाल्पाको रामपुर नगरपालिका–८ रानिबासका १७ वर्षीय शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदीमा फेला परेको छ । आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी शैलेन्द्र अर्यालको शब मंगलबार फेला परेको हो।<br></p><p>आठ दिन अघिदेखि बेपत्ता भएको अर्यालको शव मंगलबार नवलपुर जिल्ला बुलिङटार गाउँपालिकाको वडा नं. १ थाम बसीको कालीगण्डकीको किनारामा भेटिएको हो ।</p><p>असोज २ गते दिउँसो विद्यालयबाट घर फर्केका अर्याल घरबाट निस्किए लगत्तै बेपत्ता भएका थिए। उनी आँफै नदीमा हालफालेर बगेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।</p>

