असोज १०, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गर्नुभयो । 

“महिला हिंसा, किशोरी बलात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गर्नुभयो । 

“महिला हिंसा, किशोरी बलात्"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: प्रतिवेदनप्रति सरकारलाई गम्भीर बन्न आग्रह

२०७५, १० आश्विन बुधबार १२:०१

असोज १०, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गर्नुभयो । 

“महिला हिंसा, किशोरी बलात्कार, महिलामाथि एसिड प्रहार रोक्नु पर्छ ।” उहाँले भन्नुभयो । सांसद सापकोटाले चाडवाडको मुखमा मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद पुष्पा भुसालले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै दोषीमाथि कडा कारवाहीको माग गर्नुभयो । उहाँले भन्नुभयो, “शान्ति सुरक्षा कायम गर्न र महिला हिंसा रोक्न सरकार गम्भीर बन्नुपर्छ ।” 

सांसद लक्ष्मणलाल चौधरीले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीमाथि सरकारले नै दुई–चार हजारमा काम लगाई श्रमशोषण गरेको चर्चा गर्दै उनीहरूको माग सम्बोधन गर्न ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । 

सांसद सरिता गिरीले संविधानप्रति सबैको अपनत्व बढाउन शीघ्र संशोधनको प्रक्रिया शुरु गर्न माग गर्दै तराई÷मधेशमा एसिड प्रहारका घटना रोक्न सरकार संवेदनशील बन्नुपर्छ भन्नुभयो । 

सांसद हृदयेश त्रिपाठीले संसद्लाई छलेर अध्यादेशमार्फत निजामती ऐन अध्यादेश नल्याउन आग्रह गर्दै चाडबाडको मुखमा चिनीको मूल्यवृद्धि नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद अमरेशकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बहानमा रूख कटानी नगर्न र सरकार र डा गोविन्द केसीबीच भएका सहमति कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गर्नुभयो । 

सांसद चन्दा चौधरीले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मार्फत सार्वजानिक गर्न माग गर्नुभयो । सांसद प्रेम सुवालले संसद्को अधिवेशन बन्द गराएर नयाँ ऐन जारी गर्नु हुँदैन भन्नुभयो । 

सांसद विरोध खतिवडाले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत आयोजनाको प्रतिवेदन तयार गरेर मात्र रूख कटानी शुरु गर्नुपर्छ भन्नुभयो । सांसद गगनकुमार थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण चीनको गेजुवा कम्पनीलाई के आधारमा दिइयो भन्ने प्रश्न गर्दै खुला प्रतिस्पर्धाको किन गराइएन भन्नुभयो । 

सांसद केदार सिग्देलले सामाजिक सुरक्षा कार्यक्रमलाई बजेट अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेणुका गुरुङले नेपाली सेनालाई समावेशी बनाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी