2026-09-13 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

पच्चिस शैयाको अस्पताल सञ्चालन

असोज १०, रुकुम पश्चिम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म रु एक करोड बढी खर्च गरेको जनाएको छ ।

अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब परीक्षण, फार्मेसी, इसिजी, प्रसुतिसहितका सेवाट उपलब्ध हुने नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । अस्पतालमा एम्बुलेन्स सेवा समेत उपलब्ध छ । नगरपालिकाले अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरेको छ । नगरवासीलाई नगरपालिकाभित्रै भरपर्दो स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख केसीको भनाइ छ । आठबीसकोट नगर अस्पताल जिल्लाकै ठूलो सरकारी अस्पताल बनेको छ । सदरमुकाम मुसीकोट नगरपालिका–१ सल्लेमा रहेको जिल्ला अस्पताल मात्र १५ शैयाको छ ।  अस्पतालको भवन भने निर्माण हुन बाँकी छ । हाल अस्पतालका लागि साविकको स्वास्थ्य चौकी र एक विद्यालयलाई प्रयोग गरिएको छ । अस्पताल सञ्चालनमा आएपछि नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् । अस्पतालले सेवा सुरु गरेपनि औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले