२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका युवाले खोले वृद्धाश्रम

११ आश्विन २०७५, बिहीबार ०४:०९

विमल विष्ट | असोज ११, डोटी | गरीब, असाहय, वृद्ध–वृद्धालाई सहारा दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानका युवाले सामुहिक रूपमा ‘पूज्य धर्मान्तक वृद्धाश्रम’ खोलेका छन् । 

दीपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले उक्त वृद्धाश्रम शुभारभ्भ गर्दै विशुद्ध मानवीय सेवाभावले यसलाई सञ्चालन गरिए नगरपालिकाका तर्फबाट सहयोग गरिने बताउनुभयो । 

“हामी सहयोग गर्न तयार छौँ तर विशुद्ध मानवीय सेवाभावले काम हुनुप¥यो ।” उहाँले भन्नुभयो, “वृद्धाश्रमको व्यवस्थापन र दिगोपनाका लागि जिल्लाका सबै स्थानीय तहको पनि दायित्व भएकाले यसमा सबैले सहयोग गर्नुपर्छ ।” 

विभिन्न कारणले वृद्धवृद्धाले पाउनुपर्ने मान सम्मान, माया, ममता र सद्भावको अभाव खड्किएको अवस्थामा यस्ता आश्रम सहयोगी हुने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । 

आफ्नै सन्तानबाट वृद्धावस्थामा सहारा नपाउनु दुःखद् भएको चर्चा गर्दै नेकपा जिल्लास्तरीय नेता सहदेव खाँतीले भन्नुभयो, “अहिले फेसबुकलगायत अन्य सञ्चारमाध्यमबाट आमाबाबुका अनुहार हेर्ने दिन आए, यो दुःखद् हो ।” 

पढाइ प्रभावित 

शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका धेरैजसो शिक्षक परीक्षा दिन गएकाले पठनपाठन अवरुद्ध भएको जोरायल गाउँपालिका–१ का पबित्रा खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश शिक्षक परीक्षा दिन गएकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ ।” 

डोटीबाट परीक्षा दिने शिक्षकको परीक्षा डडेल्धुरा केन्द्र तोकिएकाले परीक्षार्थी शिक्षक त्यसतर्फ लागेका हुन् । यसअघि पनि परीक्षाको तयारीका लागि भन्दै केही शिक्षक विद्यालयमा नियमित उपस्थित नभएका र केहीले जिल्ला बाहिर गएर परीक्षाको तयारीमा लागेका कारण विद्यार्थीको पढाइमा अवरोध भइरहेको गडसेरास्थित महेन्द्र प्रस्तावित निमाविका शिक्षक प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक परीक्षामा सहभागी हुँदैछन् । 

शिक्षक सेवा आयोगले माविको परीक्षा आज असोज ११, आधारभूत तहको १२ र प्राथमिक तहको परीक्षा १३ गते लिने भएको छ । विभिन्न समयमा राष्ट्रिय र स्थानीय बिदाका नाममा दुई महीनाभन्दा बढी बिदा हुने जिल्लाका विद्यालय खुलेको समयमा समेत नियमित पठनपाठन नहुँदा विद्यार्थीको पढाइमा अवरोध हुने गरेको कपल्लेकीस्थित केदारेश्वर माविका विद्यार्थी रोसन ऐरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु