Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज ११ गते, दिउँसो १२:१३ बजे
पर्बत - PBT

जलजाला गाउँपालिका अध्यक्ष मल्लले लगाए प्रहरी प्रशासनमाथि गम्भीर आरोप [भिडियो]

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वत माथि गम्भीर आरोप लगाएका छन् ।

देश संघीयताको अभ्यासमा छ । अहिले हरेक स्थानीय तहलाई राज्यले अधिकार दिएको छ तर हाम्रो अधिकार जिल्ला प्रशासन र प्रहरी प्रशासनले खोसेको छ । हरेक काममा अबरोध गरेको छ अध्यक्ष मल्लले सहारापाटीसँग भने ।

जिल्ला प्रहरी कार्यालयले क्रसर व्यवासयीलाई हैरान पारेको बताए । क्रसर व्यवसायीलाई काम गर्न दिएको छैन । जसका कारण विकासमा काममा अबरोध भएको छ । टेण्डर हालौ भने पनि काम गर्न प्रहरीले अबरोध गर्छ, ठेकेदारहरु काम गर्न मान्दैनन यसरी स्थानीय तहको स्रोत साधनको परिचालन गर्न प्रहरी र प्रशासनबाटै अबरोध भएका कारण आफूहरुको अधिकार खोसिएको अध्यक्ष मल्लको भनाई छ ।

मल्लले भने, कि त स्थानीय तहलाइ अधिकार छैन भन्नु पर्यो होइन भने हामीलाई काम गर्न दिन पर्यो, स्थानीय स्रोत साधनको परिचालन र प्रयोग गर्ने हाम्रो अधिकार कुण्डित गर्न भएन ।