२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

घर फिर्ता लगिएका रोल्पाली बालकको निःशुल्क उपचार हुने

१३ भाद्र २०७२, आईतवार ०२:३८

भदौ १३, तुलसीपुर । अर्थाभावमा आफन्तले उपचार गर्न नसकेर घर फिर्ता लगेका रोल्पाका एक बालकलाई तुलसी हस्पिटल तुलसीपुरले आफ्नै खर्चमा उपचार गरिदिन लागेको छ ।

चार दिन अगाडि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि आएका रोल्पा बुढागाउँ गाविस वडा नं ५ का ९ वर्षीय बालक टोपेन्द्र रानालाई तुलसी हस्पिटल तुलसीपुरले आफ्नै खर्चमा उपचार गरिदिन लागेको हो ।

मस्तिक ज्वरोबाट थलिएका बालक टोपेन्द्रलाई आफन्तले दुई दिनसम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखेर उपचार गरेको र उपचारमा कुनै पनि सुधार नआएपछि घरपरिवारको दबाबमा बच्चालाई घरमा फिर्ता लगेको आमा कृष्णा रानाले जानकारी दिइन् ।

आफूसँग भएको रु १० हजार सबै सकिएपछि उनीहरु घर फर्किएका थिए। घर फर्किए पनि तुलसी हस्पिटल तुलसीपुरले यसअघि रोल्पाका एक बालकलाई निःशुल्क उपचार गरेको थाहा पाएपछि कृष्णा साहुबाट रु छ हजार लिएर ऋण गरेर दाङ आएकी थिइन्। छ हजार पनि सकिएपछि अचेत अवस्थामा उपचाररत बालकलाई आफन्तले घर लैजाने तयारी गरिरहेका बेला अस्पतालका डा किशोर खत्रीले नलैजान आग्रह गरेका हुन् ।

चार वर्ष अगाडि श्रीमान् गुमाइसकेकी कृष्णाले घरको आर्थिक अवस्था निकै कमजोर रहेको र त्यसमा पनि सासूलगायत अस्पतालभन्दा धामीझाँक्रीकहाँ दबाब दिएको बताइन्।

उनले भन्नुभयो – “मस्तिष्क ज्वरोले अचेत अवस्थामा रहेका बालकको उपचार गरेमा ज्यान बच्न सक्छ । तपाई नआत्तिनुस्, यदि पैसा नभए आफ्नै खर्चमा पनि म उपचार गरिदिन्छु भन्नुभए अनुसार बालकको अहिले आइसियुमा उपचार भइरहेको छ । ”

“रु ५० हजारसम्म अस्पतालका तर्फबाट औषधि खर्च गर्न म तयार छु,” डा खत्रीले भने – “बाँकी रकम अन्य कुनै महानुभावले सहयोग गरिदिए हुन्थ्यो ।”

दुई दिनसम्म अचेत अवस्थामा रहेका बालकलाई पाइपमार्फत नाकबाट खाना खुवाइएको छ । बच्चाले तेस्रो दिन आज आँखा, हातखुट्टा, चलाउन थालेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’