पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर के.सी | साउन १२, कञ्चनपुर | सरकारकाले सार्वजनिक यातायात क्षेत्रमा १० प्रतिशत भाडा बृद्धि गरेको बिरोधमा राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन आन्दोलित भएको छ ।

अखिल छैठौँ कञ्चनपुरले यातायातमा गरिएको भाडा बृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोध गरेको छ । शुक्रबार अखिल छैठौँ कञ्चनपुरले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको मुल गेटमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको फोटो झुण्ड्याएर बिरोध गरेको हो । बृद्धि गरिएको भाडा र मुल्य फिर्ताको माग अघि सारेर छैठौँले यातायात कार्यालयकै मुल गेटमा बिरोध जनाएको छ ।

अखिल छैटौँका केन्द्रीय सचिव महेश राज जोशीले सिण्डिगेटको बिरोधमा उत्रिएको सरकारले एकाएक सवारी साधनमा भाडाबृद्धि र पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेर जनतालाई मारमा पारेको बताए । सरकार माफियाको इसारामा चलेकाले सिण्डीगेटबाट पछाडी हट्को उनको आरोप छ । दशैँ, तिहार चाडबाँडका बेला सार्वजनिक सवारी साधनमा भाडाबृद्धि गरेर सरकारले जनतामाथी भार थपेको भन्दै केन्द्रीय सचिव जोशीले त्यसको बिरुद्धमा अखिल छैठौँले देशव्यापी आन्दोलन चर्काउने चेतवानी दिए ।

केन्द्रीय सदस्य जोशीले जताततै सर्वत्र सरकारी कार्यालयमा अनियमिता बढ्दै गएकाले त्यसलाई रोक्न समेत सरकार निरिह बनेको बताए ।