प्रज्वल पौडेल । असाेज १२, काठमाण्डौ ।
नेपाल निर्माण व्यवसायी महासंघमा रामेछाप जिल्लाबाट उपमहासचिवसहित ७ जना निर्वाचित भएका छन् । राजधानीमा असोज ४, ५ र ६ गते भएको अधिवेशनमा रामेछाप लखनपुरका धुलिखेल निर्माण सेवाका टंकप्रसाद चौलागाई महासचिव (नीतिगततर्फ)मा र मुगिटारका गाल्वा निर्माण सेवाका नरहरी थपलिया उपमहासचिव (आन्तरिकतर्फ) निर्वाचित भएको रामेछाप निर्माण व्यवसायी संघका रामकुमार पाण्डेले जानकारी दिए ।
उनका अनुसार कोषाध्यक्षमा ठोसेका सइलोन कम्पनी लिमिटेडका हिरण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा बाम्तिका एस् के समिक्षा कम्पनी लिमिटेडकी सरस्वती कार्की निर्वाचित भएका छन् भने खुल्ला सदस्यमा साघुँटारका अशोक केसी निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश ३ को उपाध्यक्षमा चुचुरेका च्याङमिला कम्पनी प्रालिका पेम्बा लामा शेर्पा र एसोसियटको उपाध्यक्षमा पी एस् कम्पनि प्रालिका आङदोर्जी लामा (एडि) निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीहरुले सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहेको बताएका छन् । निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन राज्यले दिए मात्र समयमा काम सम्पन्न हुने धारणा राखे ।
व्यवसायीहरुले ठूला र साना निर्माण व्यवसायीबीचको दुरीलाई मेटाएर व्यवसायलाई वैज्ञानिक प्रणालीको आधारमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
चुनावमा रामेछाप गुम्देलका एन सि शेर्पाले एसोसियट सदस्य, लक्ष्मी बस्नेतले महासंघ खुल्ला सदस्य र बुद्धि बहादुर कार्कीले प्रदेशको खुल्ला सदस्यमा पराजय भएका थिए ।
नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा यक्षध्वज कार्कीलाई पराजित गर्दै रवि सिंह विजयी भए । अधिवेशनले अन्य पदाधिकारीसमेत निर्वाचित गरेको थियो ।
कुल ५५ सदस्यीय कार्य समितिमध्ये ४६ पदमा निर्वाचन सम्पन्न भएको हो भने बाँकी सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्ने महासंघले जनाएको छ।