२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

फेसवुक ग्रुपबाट पुस्तकालय स्थापना

१४ आश्विन २०७५, आईतवार १२:०१

चिसाङ शेर्पा | असोज १४, खोटाङ | दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालय पोखरीमा पुस्तकालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालयको शैक्षिक विकास र सुधारको लागि पहिलो पटक पुस्तकालयको स्थापना गरिएको हो ।


नेवा पुचः दिक्तेलको आयोजना र ‘हेण्ड ईन हेण्ड’ फेसवुक ग्रुपको लगानीमा करीव ५ लाख लगानीमा आईतबार पुस्तकालयको स्थापना गरिएको छ । वर्षदिनको प्रयासपछि पुस्तकालयको स्थापना गरेर विद्धालय व्यवस्थापन समिति अध्यक्ष छत्रकुमार वजिमयलाई हेण्ड ईन हेण्डका कार्यक्रम संयोजक किरण श्रेष्ठले पुस्तकालयको साँचो हस्तान्तरण गरेका छन् ।

प्राथमिक तहको सम्पुर्ण पुस्तक समाबेश भएको पुस्तकालयको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर उद्घाटन गरे । वालकक्षा सहित कक्षा ८ सम्म अध्ययन अध्यापन भईरहेको विद्धालयमा यसभन्दा अगाडी पुस्तकालय नभई विषयवस्तु भन्दा बाहिरी ज्ञानगुनका कुरा पढ्न नपाएका विधार्थीहरुलाई पुस्तकालयले बाहिरी शिक्षा आर्जन गर्नमा थप टेवा पुग्ने अनुमान गरिएको छ ।


हेण्ड ईन हेण्ड फेसबुक ग्रुपले ५ लाखको पुस्तकालय, ९० हजारको फर्निचर र विद्धालयमा अध्ययनरत १ सय ५० जना विधार्थीलाई ३६ हजारको कापी, १० हजारको पेन्सिल, ४८ हजारको झोला र एक हजार वरावरको सुचना पार्टी वितरण गरेको छ । १ सय ५० जना सहयोगीदाताबाट प्राप्त सहयोगले पुस्तकालय र ग्रुपमा रहेका सदस्यहरुबाट मासिक सय रुपैयाँ संकलन गरेर कापी, पेन्सिल खरिद गरिएको थियोे । 


कार्यक्रममा गु्रपले आफ्नो महान कार्यमा आर्थिक सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई कदरपत्र दिएर सम्मान गरेको छ । खोटाङसहित देश तथा विदेशगरी उक्त गु्रपमा ३९ हजार वढी सदस्य रहेका छन् । हेण्ड ईन हेण्डले विभिन्न अन्य समाजिक काम गरेता पनि पुस्तकालय भने पहिलो पटक स्थापना गरेका हुन् । जिल्लाको लागि सरस्वती आधारभुत विद्धालयवाट सामाजिक कार्य सुरु भएको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा