२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

फेसवुक ग्रुपबाट पुस्तकालय स्थापना

२०७५, १४ आश्विन आईतवार १२:०१

चिसाङ शेर्पा | असोज १४, खोटाङ | दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालय पोखरीमा पुस्तकालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालयको शैक्षिक विकास र सुधारको लागि पहिलो पटक पुस्तकालयको स्थापना गरिएको हो ।


नेवा पुचः दिक्तेलको आयोजना र ‘हेण्ड ईन हेण्ड’ फेसवुक ग्रुपको लगानीमा करीव ५ लाख लगानीमा आईतबार पुस्तकालयको स्थापना गरिएको छ । वर्षदिनको प्रयासपछि पुस्तकालयको स्थापना गरेर विद्धालय व्यवस्थापन समिति अध्यक्ष छत्रकुमार वजिमयलाई हेण्ड ईन हेण्डका कार्यक्रम संयोजक किरण श्रेष्ठले पुस्तकालयको साँचो हस्तान्तरण गरेका छन् ।

प्राथमिक तहको सम्पुर्ण पुस्तक समाबेश भएको पुस्तकालयको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर उद्घाटन गरे । वालकक्षा सहित कक्षा ८ सम्म अध्ययन अध्यापन भईरहेको विद्धालयमा यसभन्दा अगाडी पुस्तकालय नभई विषयवस्तु भन्दा बाहिरी ज्ञानगुनका कुरा पढ्न नपाएका विधार्थीहरुलाई पुस्तकालयले बाहिरी शिक्षा आर्जन गर्नमा थप टेवा पुग्ने अनुमान गरिएको छ ।


हेण्ड ईन हेण्ड फेसबुक ग्रुपले ५ लाखको पुस्तकालय, ९० हजारको फर्निचर र विद्धालयमा अध्ययनरत १ सय ५० जना विधार्थीलाई ३६ हजारको कापी, १० हजारको पेन्सिल, ४८ हजारको झोला र एक हजार वरावरको सुचना पार्टी वितरण गरेको छ । १ सय ५० जना सहयोगीदाताबाट प्राप्त सहयोगले पुस्तकालय र ग्रुपमा रहेका सदस्यहरुबाट मासिक सय रुपैयाँ संकलन गरेर कापी, पेन्सिल खरिद गरिएको थियोे । 


कार्यक्रममा गु्रपले आफ्नो महान कार्यमा आर्थिक सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई कदरपत्र दिएर सम्मान गरेको छ । खोटाङसहित देश तथा विदेशगरी उक्त गु्रपमा ३९ हजार वढी सदस्य रहेका छन् । हेण्ड ईन हेण्डले विभिन्न अन्य समाजिक काम गरेता पनि पुस्तकालय भने पहिलो पटक स्थापना गरेका हुन् । जिल्लाको लागि सरस्वती आधारभुत विद्धालयवाट सामाजिक कार्य सुरु भएको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित