२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रदेश नम्बर १ कराते छनौट प्रतियोगितामा खोटाङ प्रथम

१५ आश्विन २०७५, सोमबार ०६:४१

चिसाङ शेर्पा | असोज १५, खोटाङ | प्रदेश नम्बर १ कराते छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ प्रथम भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ धरानस्थित कवर्ड हलमा भएको प्रतियोगितामा ७ स्वर्ण, २ रजत, ५ कास्य लिएर खोटाङ पहिलो भएको हो ।

आईतबार भएको प्रतियोगितामा पुरुष कुमितेतर्फ ६० केजी तौल समुहमा सन्तोष राई, ७५ केजी तौल समुहमा सुजन राई, महिला कुमितेतर्फ ५५ केजी तौल समुहमा विद्याकला राई, ६८ केजी तौल समहुमा जस्मिना राई र ६८ केजी प्लसमा मिस डोना राईले स्वर्ण पदक दिलाएका थिए । महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा रोस्मा राई, विद्याकला राई र जस्मिना राईले खोटाङलाई स्वर्ण पदक दिलाएकी टिम प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।

पुरुष समुहकातामा मोतीचन्द्र राई, रुरीहाङ दुमी र अर्जुन श्रेष्ठले दुई रजत ल्याएका थिए । महिला कुमितेतर्फ ५० केजी तौल समुहमा समिता राई, ६१ केजी तौल समुहमा सोना राई तथा पुरुष कुमितेतर्फ ५५ केजी तौल समुहमा अर्जुन श्रेष्ठ, ६७ केजी तौल समुहमा रुरीहाङ दुमी र ८४ केजी तौल समुहमा इश्वरधन राईले पाँच कास्य दिलाएका हुन् ।

स्वर्ण पदक लिएका सातजनाले सिराहामा असोज १५, १६, १७ गते हुने गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा भिड्न पाउने टिम प्रशिक्षक कसजुले जनाए । उनका अनुसार प्रतियोगिताको आज उद्घाटन हुनेछ । प्रदेश नम्बर १ कराते छनौट प्रतियोगितामा ५ स्वर्ण लिएर सुनसरी दोश्रो र २ स्वर्ण लिएर मोरङ तेश्रो भएको थियो । हालसम्म प्रदेश नम्बर १ मा खोटाङ ७ पटक समुह प्रथम भईसकेको छ ।

जिल्लाका खेलाडीलाई पहिलो बनाउन कुनै नौलो कुरा नभएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । खेलकुदसँग आवद्ध संस्था तथा स्थानीय सरकारको सहयोग हुनुपर्छ । उनले भने, ‘खोटाङका खेलाडीलाई अवश्य राष्ट्रिय खेलाडी बनाउन सकिन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा