Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

४ दिन अघि अर्धनग्न फेला परेको महिलाको शवको पहिचान हुन् सकेन्

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १५, रुकुम पश्चिम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिनअगाडि फेला परेकी एक महिलाको शव अझैसम्म पहिचान हुन सकेको छैन। वडा नं ११ को रिठा भन्ने ठाउँमा असोज १२ गते अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परेको थियो।

दुवै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए। शव सड्ने अवस्थामा पुगिसकेकाले केही दिनअघि नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

गहुगोरो वर्ण, ५ फिट उचाइ, मङ्गोलियन जस्ती देखिने, तामाङ जातिको पहिरन भएकी मृतकको बारेमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ। उक्त शव पश्चिम रुकुम जिल्ला अस्पतालमा राखिएको छ।

शवको पहिचान नहुँदा शव परीक्षण गर्न समस्या भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।रासस