२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

घर–डेरा छाडेर दशैँ मनाउन बाहिर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गरेर मात्र जानुस् !

२०७५, १५ आश्विन सोमबार १०:१९

असोज १५, ललितपुर | महानगरीय प्रहरी परिसर ललितपुरले दशैं–तिहार मनाउन घर–डेरा छाडेर जिल्ला बाहिर जानेहरुलाई त्यसबारे आफ्नो प्रहरी युनिटहरुलाई सूचना दिन आह्वान गरेको छ । 

सोमबार दशैं–तिहार तथा छठ पर्वको सुरक्षा योजना सार्वजनिक गर्दै ललितपुर प्रहरीले त्यस्तो आह्वान गरेको हो ।

विभिन्न १० वटा सेक्टर छुट्याएर दशैं–तिहारको सुरक्षा योजना सार्वजनिक गरेको ललितपुर प्रहरीले जुवातास नियन्त्रणका लागी छुट्टै सादा पोशाकको प्रहरी टिम स्ट्याण्डबाई राख्ने भएको छ । 

लतिलपुरका विभिन्न ३१ स्थानमा पैदल गस्ती गर्ने योजना बनाएको ललितपुर परिसरले चोरी, लुटपाट हुने स्थानको पहिचान गर्दै त्यस्ता स्थानलाई विशेष निगरानीमा राखेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लुटपाटका घटना हुनसक्छ त्यस्ता स्थानहरुलाई २४ सै घण्टा निगरानीमा राखिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले बताए | एसपी खनालले भने, ‘सुनचाँदी पसलमा हुनसक्ने सम्भाव्य लुटपाटका अपराध नियन्त्रण गर्न हामीले छुट्टै टोली परिचालन गरेका छौं ।’

जिल्लाका विभिन्न २९ स्थानमा पिकेट, १३ ओटा मोवाइल टोली, १६ स्थानमा सिआरभी भ्यान र ३३ ओटा हतियारसहितको क्युआरटी मोटरसाइकल परिचालन गरिएको छ। मठ–मन्दिरहरुमा जाँदा चेन स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै त्यस्ता स्थानहरुमा निगरानी बढाइने बताइएको छ ।

सादा पोशाकमा २१ ओटा टिम परिचालिन गर्नेगरी योजना बनाएको ललितपुर प्रहरीले मापसे गरी हो–होल्ला गर्ने र झै–झगडा गुण्डागर्दी गर्ने तथा अतिबासी पटाकाहरु पड्काउनेलाई तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते