२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

घर–डेरा छाडेर दशैँ मनाउन बाहिर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गरेर मात्र जानुस् !

१५ आश्विन २०७५, सोमबार १०:१९

असोज १५, ललितपुर | महानगरीय प्रहरी परिसर ललितपुरले दशैं–तिहार मनाउन घर–डेरा छाडेर जिल्ला बाहिर जानेहरुलाई त्यसबारे आफ्नो प्रहरी युनिटहरुलाई सूचना दिन आह्वान गरेको छ । 

सोमबार दशैं–तिहार तथा छठ पर्वको सुरक्षा योजना सार्वजनिक गर्दै ललितपुर प्रहरीले त्यस्तो आह्वान गरेको हो ।

विभिन्न १० वटा सेक्टर छुट्याएर दशैं–तिहारको सुरक्षा योजना सार्वजनिक गरेको ललितपुर प्रहरीले जुवातास नियन्त्रणका लागी छुट्टै सादा पोशाकको प्रहरी टिम स्ट्याण्डबाई राख्ने भएको छ । 

लतिलपुरका विभिन्न ३१ स्थानमा पैदल गस्ती गर्ने योजना बनाएको ललितपुर परिसरले चोरी, लुटपाट हुने स्थानको पहिचान गर्दै त्यस्ता स्थानलाई विशेष निगरानीमा राखेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लुटपाटका घटना हुनसक्छ त्यस्ता स्थानहरुलाई २४ सै घण्टा निगरानीमा राखिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले बताए | एसपी खनालले भने, ‘सुनचाँदी पसलमा हुनसक्ने सम्भाव्य लुटपाटका अपराध नियन्त्रण गर्न हामीले छुट्टै टोली परिचालन गरेका छौं ।’

जिल्लाका विभिन्न २९ स्थानमा पिकेट, १३ ओटा मोवाइल टोली, १६ स्थानमा सिआरभी भ्यान र ३३ ओटा हतियारसहितको क्युआरटी मोटरसाइकल परिचालन गरिएको छ। मठ–मन्दिरहरुमा जाँदा चेन स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै त्यस्ता स्थानहरुमा निगरानी बढाइने बताइएको छ ।

सादा पोशाकमा २१ ओटा टिम परिचालिन गर्नेगरी योजना बनाएको ललितपुर प्रहरीले मापसे गरी हो–होल्ला गर्ने र झै–झगडा गुण्डागर्दी गर्ने तथा अतिबासी पटाकाहरु पड्काउनेलाई तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की