२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा मासुको माग बढ्दै

२०७५, १५ आश्विन सोमबार ११:५१

असोज १५, दैलेख । दशैँ नजिकिँदै गर्दा जिल्लामा मासुको माग बढेको छ । विभिन्न निकायहरुले स्थानीय खसीबोका उत्पादनमा वर्षेनी लाखौंँ खर्च गर्ने भए पनि अझै मासुको आपूर्ति सहज हुन सकेको छैन । 

जनताको मागलाई ध्यानमा राखी नारायण नगरपालिकाको सक्रियतामा बल्ल एउटा बधशाला बनेपछि अहिले खुला सडकमा रगतको खोलो बग्न छाडेको छ । शहर सफा भएको त छ तर यति बेला नगरवासी मासु खानै नपाएर छटपटाएका छन् । बधशालामा खसी काट्न थालेपछि रगतले पोतिएका सडक पेटी आजभोलि देखिन छाडे पनि बधशाला नगएरै बजारभरी लुकिछिपी मासु काटिएका छन् । छ वर्षअघि बनेको बधशाला तीन वर्षअघि मात्र प्रयोगमा आएको छ । सदरमुकाम नजीकै निर्माण गरिएको पशु बधशाला सञ्चालन नभई अलपत्र अवस्थामा रहेको भनी नगरवासीले चर्को विरोध गरेपछि सञ्चालनमा आए पनि अहिले मासुको आवश्यकता पूरा भएको छैन । अहिले सदरमुकामका तीन स्थानमा बधशाला हुनुपर्ने माघ बढेको स्थानीयवासी मनीष थापाले बताउनुभयो । 

नारायण नगरपलिकाले रु पाँच लाख, जिल्ला पशुसेवा कार्यालय दैलेखले रु पाँच लाख, उच्च मूल्य कृषि आयोजनाले रु १४ लाख १२ हजार र उपभोक्ता समितिले रु दुई लाख ५० हजार खर्च गरी कूल रु २६ लाख ६२ हजारमा निर्माण भएको आठकोठे बधशाला भवन प्रयोगमा आए पनि त्यसबाट उपभोक्ताले आफूहरुले सहज रुपमा मासु पाउन नसकेको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल