२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा मासुको माग बढ्दै

१५ आश्विन २०७५, सोमबार ११:५१

असोज १५, दैलेख । दशैँ नजिकिँदै गर्दा जिल्लामा मासुको माग बढेको छ । विभिन्न निकायहरुले स्थानीय खसीबोका उत्पादनमा वर्षेनी लाखौंँ खर्च गर्ने भए पनि अझै मासुको आपूर्ति सहज हुन सकेको छैन । 

जनताको मागलाई ध्यानमा राखी नारायण नगरपालिकाको सक्रियतामा बल्ल एउटा बधशाला बनेपछि अहिले खुला सडकमा रगतको खोलो बग्न छाडेको छ । शहर सफा भएको त छ तर यति बेला नगरवासी मासु खानै नपाएर छटपटाएका छन् । बधशालामा खसी काट्न थालेपछि रगतले पोतिएका सडक पेटी आजभोलि देखिन छाडे पनि बधशाला नगएरै बजारभरी लुकिछिपी मासु काटिएका छन् । छ वर्षअघि बनेको बधशाला तीन वर्षअघि मात्र प्रयोगमा आएको छ । सदरमुकाम नजीकै निर्माण गरिएको पशु बधशाला सञ्चालन नभई अलपत्र अवस्थामा रहेको भनी नगरवासीले चर्को विरोध गरेपछि सञ्चालनमा आए पनि अहिले मासुको आवश्यकता पूरा भएको छैन । अहिले सदरमुकामका तीन स्थानमा बधशाला हुनुपर्ने माघ बढेको स्थानीयवासी मनीष थापाले बताउनुभयो । 

नारायण नगरपलिकाले रु पाँच लाख, जिल्ला पशुसेवा कार्यालय दैलेखले रु पाँच लाख, उच्च मूल्य कृषि आयोजनाले रु १४ लाख १२ हजार र उपभोक्ता समितिले रु दुई लाख ५० हजार खर्च गरी कूल रु २६ लाख ६२ हजारमा निर्माण भएको आठकोठे बधशाला भवन प्रयोगमा आए पनि त्यसबाट उपभोक्ताले आफूहरुले सहज रुपमा मासु पाउन नसकेको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य