२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

१५ आश्विन २०७५, सोमबार ११:५५

असोज १५, बुटवल | उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । 

सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको वैतनिक कानूनव्यवसायी कैलाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । खासगरी अंशबण्डा, सम्बन्ध विच्छेद, आर्थिक लेनदेन, जग्गा सम्बन्धी विवाद, जबर्जस्ती करणी, गोवध, कर्तव्य ज्यान, ठगीलगायतका मुद्दामा निःशुल्क कानूनी सेवा दिइएको छ । 

तुलसीपुर बुटवल इजलासमा गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु र रुपन्देहीबाट वार्षिक ४० हजार भन्दा कम आय भएका र घरमा कुनै जानकारी नभएकाको मुद्दामा बहस पैरवी हुने गरेको कानून व्यवसायी ज्ञवालीले बताउनुभयो । 

‘कुनै पनि नागरिकले कानूनको प्रतिरक्षा गर्न निःशुल्क रुपमा मुद्दा हेरिएको छ’ उहाँले भन्नुभयो । कानून व्यवसायी ज्ञवालीले पीडित व्यक्तिले कानूनी प्रतिरक्षा गर्न भनेर कानूनी प्रतिरक्षाको सिद्धान्त आएको उल्लेख गर्दै बहस पैरवीबाहेक अन्य कानूनी सेवा समेत प्रदान गरेको बताउनुभयो । विसं २०४८ देखि नै यो सेवा अदालतमा प्रदान गरेको बताइएको छ । निःशुल्क सेवाका लागि अदालतमा बैतनिक कानून व्यवसायी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य