पढ्न करिब 2 मिनेट लाग्छ

असोज १५, काठमाण्डौ | मिर्चैया नगरपालिकामा सुविधा सम्पन्न वृद्धाआश्रम निर्माण हुने भएको छ । असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वृद्धाश्रम निर्माण गर्ने योजना रहेको मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताएका छन् ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा आज (सोमबार) मिर्चैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादबले गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकको बृद्धा अबस्थाको साहाराका लागि नगरपालिका भित्र बृद्धाआश्रमको आबश्यक्ता देखिएकोले निकट भबिष्यमा निर्माण गर्ने उदघोष गरेका छन् । बृद्धाआश्रम निर्माण गरी गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकलाई स–सम्मान सहित राखी पालनपोषण गर्ने मेयर यादबले स्पष्ट गरे । अगामी दिनमा जेष्ठ नागरिकका लागि थप योजनाहरु ल्याउने समेत उनले आश्वासन दिएका छन् ।

बर्तमान अवस्थामा आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पिडित हुने गरेको भन्दै उनले बृद्धबृद्धाहरुको माया र सम्मानको खाँचो रहेको औल्याँए । पैसा कमाउने उदेश्यले छोरा वैदेशिक रोजगारीमा गएपछि बुहारीले बृद्धबृद्धालाई हेला गर्ने परम्परा समाजमा बढ्दै गएकोले समेत जेष्ठ नगरिकहरु थप पिडित बन्दै गएको मेयर यादबले बताए । सन्तान घरपरिबारमा भएपनि बिभिन्न कारणले बृद्धबृद्धालाई झै– झगडा गर्ने, कुटपिट गर्ने, बेबास्ता गर्ने परम्परा बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न उचित कानुन बनाउनमा लागी परेको समेत उनले स्पष्ट गरे । जग्गाको खोजी भइरहेकोले सार्बजनिक जग्गा नभए खरिद गरेर भएपनि बृद्धाश्रम निर्माणका गर्ने मेयर यादबले बताए ।

“हाम्रो संस्कृतिकको पहिचान, जेष्ठ नागरिकको समान” नारा सहित स्थानिय थाना चौकबाट निकालिएको प्रभातफेरी विभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको मुलगेटमा पुगी समापन भएको थियो । दिबसको अबसरमा मिर्चैया नगरपालिमा भित्र रहेका १२ बटा बडामध्ये प्रत्येक बडाबाट ५ जनाको दरले ६० जना बृद्धाबृद्धालाई साडी, धोती, गम्छा र होरलिक्स सहित समान गरिएको छ ।

नगरपालिकाका मेयर यादबको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिका रुपमा उपमेयर जिबछी देबि साह, प्रत्येक बडाका बडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साह, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी, मिर्चैया ज्येष्ठ नागरिकका अध्यक्ष राधाकृष्ण साह, सचिब राजेन्द्र साह लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।