Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज १५ गते, दिउँसो १२:४४ बजे
पर्बत - PBT

जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गरी जेष्ठनागरिक दिवस मनाइयो

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विष्णु गौतम
(कुश्मा) पर्वत ।  

जेष्ठ नागरीक हरुको मधुमेह परिक्षण तथा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २७ औ अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसको अबसरमा लायन्स क्लव अफ पर्वत चौतारी ले जेष्ठ नागरीक हरुको मधुमेह परिक्षण तथा निशुल्क स्वास्थ्य परिक्षण गरेर मनाएको हो ।पर्वत जिल्ला अस्पताल पर्वत र बाग्लुङ मेडिकल हल कुस्मा को सहयोगमा जेष्ठ नागरीकको परिक्षण गरिएको छ।

उत्त कार्यक्रमा ३० जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको हा े। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि कुस्मा नगर पालिका का नगर प्रमुख रामचन्द्र जोशिले जेष्ठ नागरिक अनुभवका खानी रहेको बताउदै जोशिले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान सीप र अनुभव सङ्गालेका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य  नहुने बताउदै जेष्ठ नागरिक संग हामिले सिक्ने धेरै कुरा भएको बताउनु भएको छ ।

दिवसको दिनमा मात्र नसम्जेर हरेक दिन हरेक पल ख्याल राख्नु पर्नै बताउनु भएको छ। कार्यक्रम मा लायन्स कल्बका ३२५ बि वान का काशिकुमार जोशि,वडा नं ५ का वडाअध्यक्ष चित्र कला भारती ,हेडक्स नेपालका केन्दीय सदस्य सरस्वती भन्डारी, लायन्स क्लव अफ पर्वत चौतारीका संस्थापक तथा कुस्मा नगरपलिका वडा सदस्य प्ररसु्राम पुरी ,जेष्ठ नागरीका जिल्ला अध्यक्ष लोक नाथ आर्चाय लायन्स अजिता र्शमा लगायतले सुभकामना मन्तव्य ब्यत्त र्गनु भएको थियो । लायन्स कल्ब अफ पर्वत चौतारीका अध्यक्ष इस्वरी पाठकको अध्यक्षतामा भएको कार्यक्रको स्वागत टंक लामिछाने तथा कार्यक्रमको संचालन कल्वका सचिब जानकी र्शमाले र्गनु भएको थियो ।