२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

ज्येष्ठ नगरपिता र नगरआमा घोषणा

२०७५, १५ आश्विन सोमबार १४:१७

असोज १५म सुन्दरहरैचा | मोरङ सुन्दरहरैचा नगरपालिकाका १०२ वर्षीय रामबहादुरकुमार दनुवार र ११० वर्षीय महेश्वरा अधिकारीलाई ज्येष्ठ नगरपिता र नगरमाता घोषणा गरी आज यहाँ सम्मानित गरिएको छ । 

नगरपालिकाद्वारा २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङ र नगरप्रमुख शिवप्रसाद ढकालले उहाँहरुलाई नगद रु ११ हजारसहित दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । 

कार्यक्रममा नगरका १२ वटै वडाका एक महिला र एक पुरुष गरी कुल २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । 

सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रा डा तुम्वाहाङले विद्यालयस्तरमा ज्येष्ठ नागरिकलाई सम्मान तथा आदर गर्ने पाठ्यक्रम राख्नुपर्ने बताउँदै शिक्षाको विकासबाट बालबालिकामा नैतिक ज्ञान आर्जन हुने हुँदा भावी दिनमा मातापिताले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सुन्दरहरैचा नगरपालिकाका प्रमुख ढकालले नगरपालिकाले ज्येष्ठ नागरिकलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता घरदैलोमा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिदैं ज्येष्ठ नागरिकको सीप र अनुभवलाई सहीरुपमा प्रयोग गर्न सके मात्र समृद्ध नेपालको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो । 

ज्येष्ठ नागरिक समाज सुन्दरपुर हरैचाका अध्यक्ष रामकुमार कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङ, कार्यकारी अधिकृत राजेन्द्र भट्टराई र नेकपाका नगरअध्यक्ष केदार गुरागाईंले ज्येष्ठ नागरिकलाई सबैले आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । 

नगरपालिकामा ६० वर्ष माथिका नौ हजार ज्येष्ठ नागरिकको बसोबास रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते