Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सम्पन्न

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सीं | असोज १५, कञ्चनपुर | २८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सोमबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा पनि धुमधामका साथ मनाईएको छ ।

विहान ११बजे भीनपा–१८ बर–पिपल चौतारा राधाकृष्ण मन्दिर बाट ब्यानर र प्ले कार्ड सहित ‘‘जेष्ठ नागरिक मानवअधिकार अभियन्ताहरुको सम्मान गरौं ।’’ भन्ने मुल नाराका साथ ¥याली निकाली बजारको परिक्रमा गरेको  थियो ।

¥याली पुनः राधा कृष्ण मन्दिरको प्राङ्गणमा पुगी जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा ८४ बर्ष भन्दा माथिका जेष्ठ नगारिकलाई प्रमाण पत्र, नगद ५००।– र खाद्दा ओढाएर सम्मान गरेका थियो । भीमदत्त नगरपालिकाको सहयोगमा गरिएको उक्त सम्मान कार्यक्रममा १९ वडाका ७१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

२८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा ज्येष्ठ नागरीक समाजलाई गरेको सहयोग र जेष्ठ नागरिकलाई भीमदत्तनगरपालिकाले गराएको भम्रणको मुल्यांकन गर्दै राष्ट्रिय जेष्ठ नागरिक समाजको केन्द्रीय कार्यालयले भीमदत्त नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र विष्टलाई पनि  सम्मानित गरेको छ ।

जेष्ठ नागरिक समाजका गहना भएकाले वहाँहरुको सम्मान र सल्लाह मान्नु पर्ने, वहाँहरुले जिवनको यात्रामा धेरै लामो यात्रा तय गरेर आजको अवस्थामा आउनु भएको र वहाँहरु सीप र ज्ञानको भण्डारा भएकोले वहाँहरुको सीपको प्रयोग गर्नु पर्ने । जेष्ठ नागरिको सम्मानको लागि र वहाँहरु लाई दुःख कष्ट भोग्न नपरोस भनेर आफुले समाजिक भक्ता घर घरमा पुर्याउन पहल गरेको भीमदत्तनगरपाकिाका नगर प्रमुखले बताउनु भयो ।

देशभरिका जेष्ठ नागरिकले सम्मानका साथ बाच्न पाउनु पर्ने तथा वृद्ध आमा बुवा भगवानको रुप भएकाले तिनीहरुको सेवा गर्नु पर्ने, जब बच्चा जन्मिछ तब आमाले उसको दिसा पिसाब र सिघान लगायत कुनै पनि कुरा घिन नमानि सेवा गर्छिन तर जब तिनै बालकको सेवा गर्ने मौका आउछ त्यसबेला वृद्ध आश्रम खोज्न थाल्छन् हाम्रो समाज कता तिर गई रहेको छ ? जेष्ठ नागरिका समाजका अध्यक्ष कुवँरले बताउनु भयो ।

सोमबार भएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको उक्त कार्यक्रममा सभापति जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष होम बहादुर कुँवर रहनु भएको थियो भने प्रमुख अतिथी भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्ट रहनु भएको थियो, विशिष्ट अतिथी गंगाराम गिरी रहनु भएको थियो कार्यक्रम सञ्चालन देवदत्त भट्टले गर्नु भएको थियो ।