२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘एउटा प्रहरी बचाउन सिंगो प्रहरी बदनाम हुँदैन’ (भिडियो सहित)

२०७५, १५ आश्विन सोमबार १७:४३

असोज १५, काठमाडौँ | नेपाल प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि प्रहरी प्रतिवद्ध भएको बताएका छन् । चाडपर्वको बेला हुन सक्ने संभावित घटनाहरुलाई रोक्न प्रहरी संयन्त्रलाई निर्देशन दिइसकेको पनि उनले बताए । विशेषगरी चाडपर्वको बेला सर्वसाधारणको यात्राको सुरुक्षाका लागि ट्राफिक प्रहरीलाई बेग्लै सुरक्षा योजना बनाउन निर्देशन दिइसकेको बताए । त्यस्तै जुवातास र मद्यपान सेवन गर्दा हुन सक्ने विविध घटनाहरुलाई न्युनिकरण गर्न पनि थप प्रहरी परिचालन गरिने जानकारी दिए । 

दशैँ तिहारमा भ्याली भित्र प्रत्येक चोकहरुमा ७०÷८० ओटा मोटरसाइकल खटाएर नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाइने प्रवक्ता क्षेत्रीको भनाई छ । पछिल्लो समय केहि घटनाहरुले गर्दा प्रहरीको विश्वसनियता माथि प्रश्न उठेको भन्दै आफुहरु प्रहरी माथि लागेको आरोपलाई गलत प्रमाणित गर्न प्रतिवद्ध रहेका बताए । साथै एउटा प्रहरीलाई बचानउ सिंगो प्रहरी कहिल्यै बदनाम नहुने भन्दै दोषी जो भए पनि नियम अनुशार कार्वाही गरिने बताए । कंञ्चनपुर घटनाको विषयलाई उठाउँदै प्रवक्ता क्षेत्रीले दोषी छिट्टै कानुनको दायरामा आउने बताए । साथै कंञ्चनपुर घटनामा जुनसुकै ब्यक्ति दोषी ठहर भए पनि कार्वाही गर्नुपर्छ भन्ने कुरामा प्रहरी संगठन प्रतिवद्ध भएको बताए । 


पछिल्लो केहि महिनामा १४८० ओटा बलात्कारका घटना मध्य १३६६ ओटा घटनामा सफलता पाएको बताए । आफुहरुले ९० प्रतिशत भन्दा बढी बलात्कार जन्य घटनामा सफलता पाएको तर केहि घटनाले गर्दा प्रहरीले गरेका अन्य राम्रो काम पनि ओझेलमा परेको पनि उल्लेख गरे । बलात्कार जन्य घटना न्युनिकरणका लागि प्रहरी गम्भिर भएको पनि प्रवक्ता क्षेत्रीको भनाई छ । कंञ्चनपुर घटनाको सत्यतथ्य, वैज्ञानिक, निष्पक्ष र नजिजामुखी अनुसन्धानका लागि प्रहरी प्रतिवद्ध रहेको उहाँको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी