२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङगलका किसानहरुले वडा अध्यक्षलाई कालोमोसो दलेपछि…

१६ आश्विन २०७५, मंगलवार ११:३७

सम्राट सिंह | असोज १६, बझाङ | जिल्लाको बुङगल नगरपालिकाका एक वडा अध्यक्षलाई आर्थिक अनिमियतता गरेको भन्दै स्थानिय किसानहरुले कालोमोसो दलेका छन । बुङगल नरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजार रकम हिनामिना गरेको आरोपमा स्थानिय किसानहरुले कालोमुसो दलेका हुन ।

कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजारमा वडा अध्यक्षले ५० हजार रुपियाँको मात्र बिउँ विजन खरिद गरी वितरण गरेको र अन्य रकम हिनामिना गरेकाले वडा अध्यक्षलाई किसानहरुले नै कालोमोसो र जुत्ताको माला लगाएको स्थानिय खगेन्द्र बहादुर सिंहले बताए । पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह र बुङगल नगरपालिकाका मेयर धन बहादुर बिष्ट को आफ्नै वडा यसरी कृषकहरुका लागि विनियोजन भएको रकमको खुलेयाम भष्टाचार हुन्छ भने बुङगल नगरपालिकाका जनताहरु सहेर नबस्ने उनको भनाइ छ ।  

स्थानिय तहको निर्वाचनपछि बझाङ जिल्लाका विभिन्न ठाउँमा जनप्रतिनिधि तथा कर्मचारीहरुले आर्थिक अनियमितता गरेका गुनासाहरु बढी आउने गरेका छन । वडा कार्यालयमा कृषिको शिर्षकमा विनियोजन भएको रकमको विभिन्न तरकारीका बिउँ र फलफुलका बोटहरु खरिद गरेर किसानहरुलाई बितरण गरिसकेको बुङगल नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष देउमल धामीले बताए । बिना कारण ३५ देखि ४० जना किसानहरु आएर वडा अध्यक्षलाई स्वागत गर्छु भन्दै बोलाएर कालोमोसो र जुत्ताको माला नगाएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो