Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बुङगलका किसानहरुले वडा अध्यक्षलाई कालोमोसो दलेपछि…

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सम्राट सिंह | असोज १६, बझाङ </b>| जिल्लाको बुङगल नगरपालिकाका एक वडा अध्यक्षलाई आर्थिक अनिमियतता गरेको भन्दै स्थानिय किसानहरुले कालोमोसो दलेका छन । बुङगल नरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजार रकम हिनामिना गरेको आरोपमा स्थानिय किसानहरुले कालोमुसो दलेका हुन ।<br></p><p>कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजारमा वडा अध्यक्षले ५० हजार रुपियाँको मात्र बिउँ विजन खरिद गरी वितरण गरेको र अन्य रकम हिनामिना गरेकाले वडा अध्यक्षलाई किसानहरुले नै कालोमोसो र जुत्ताको माला लगाएको स्थानिय खगेन्द्र बहादुर सिंहले बताए । पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह र बुङगल नगरपालिकाका मेयर धन बहादुर बिष्ट को आफ्नै वडा यसरी कृषकहरुका लागि विनियोजन भएको रकमको खुलेयाम भष्टाचार हुन्छ भने बुङगल नगरपालिकाका जनताहरु सहेर नबस्ने उनको भनाइ छ ।&nbsp;&nbsp;</p><p>स्थानिय तहको निर्वाचनपछि बझाङ जिल्लाका विभिन्न ठाउँमा जनप्रतिनिधि तथा कर्मचारीहरुले आर्थिक अनियमितता गरेका गुनासाहरु बढी आउने गरेका छन । वडा कार्यालयमा कृषिको शिर्षकमा विनियोजन भएको रकमको विभिन्न तरकारीका बिउँ र फलफुलका बोटहरु खरिद गरेर किसानहरुलाई बितरण गरिसकेको बुङगल नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष देउमल धामीले बताए । बिना कारण ३५ देखि ४० जना किसानहरु आएर वडा अध्यक्षलाई स्वागत गर्छु भन्दै बोलाएर कालोमोसो र जुत्ताको माला नगाएको उनको भनाइ छ ।&nbsp;</p>