Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीमा अनुगमन: यौन कार्य गर्ने एकजोडि रंगेहात पक्राउ

२०७५, १७ आश्विन बुधबार ०१:०८

असोज १७, नवलपरासी | पश्चिम नवलपरासीको सुनवलबाट अबैद्य रुपमा यौन क्रियाकलापमा सम्लग्न रहेको अभियोगमा एक जोडी युवा र अवैध क्रियाकलाप गराउने होटल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् । 

जिल्ला बजार अनुगमन समितिको टोली सुनवल बजारको अनुगमन गर्न गएका बेला सुनवल ४ स्थित ड्रिम रेष्टुरेण्ट एण्ड होटलमा अवैद्य क्रियाकलाप भईरहेको जानकारी आएपछि अनुगमन समितिले प्रहरीको सहयोगमा होटलमा छापा हानेको थियो । सो क्रममा अर्घाखाँची घर बताउने एक जोडि युवा युवती रंगेहात पक्राउ परेको र आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय सुनवललाई जिम्मा लगाईएको अनुगमनको नेतृत्व गर्नुभएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । प्रहरीले अवैद्य यौन क्रियाकलापमा सम्लग्न रहेको अभियोगमा एक जोडी युवा सहित होटल सन्चालकलाई पनि नियन्त्रणमा लिएको ईप्रका सुनवलका प्रहरी निरिक्षक अनोज विकले जानकारी दिनुभयो । यसैगरी सुनवलकै मामा भान्जा रेष्टुरेण्ट एण्ड होटल तथा पाल्पाली रेष्टुरेण्टमा पनि अनुगमन गरिएको थियो । 

यसैबीच संयुक्त बजार अनुगमन समिति नवलपरासीले सुनवल बजारमा अनुगमन गरी ठूलो परिमाणमा म्याद नागेका पेय पदार्थ तथा लेभल नभएका खाद्य वस्तुहरु जफत गरि नष्ट गरेको छ । सुनवलको वडा नं. ४ मा रहेका श्रेष्ठ किराना पसल, शिवधमाका ईन्टरप्राईजेज, सोनी सप्लायर्स, विकास ईन्टरप्राईजेज, नवराज किराना स्टोर्स तथा सुनवल १ मा रहेका तमु जनरल स्टोर्समा अनुगमन गरेको अनुगमनमा सहभागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा म्याद नागेका कोक, पेप्सी, फेन्टा, जुस २ सय ६० लिटर, रेडबुल ६ लिटर, ध्यू १३ के.जी., बदाम ९ के.जी.,दालमोठ एक प्याकेट, सोडा १२ पीस जफत गरिएको छ भने लेभल नभएका किसमिस ९ प्याकेट, पाउरोटी चार प्याकेट, छोहडा २ के.जी., मुमको दाल डेढ के.जी., भट्टमास ३ के.जी.जफत गरिएको अनुगमन निरिक्षक एवं घरेलु कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

पौडेलको नेतृत्वमा रहेको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश सुवेदी, विशास पंगेनी, सुनवल नगरपालिकाका प्रतिनिधि खेमराज अवस्थी, उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, उपभोक्ता हित संरक्षण मन्चका मोहन पौडेल, ईलका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक अनोज विक सहित प्रहरी तथा पत्रकारहरुको पनि सहभागिता रहेको थियो । यसअघि सोमबार रामग्राम वडा नं ६ र १० मा अनुगमन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ