२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नं. १ प्रथम, खोटाङले ६ स्वर्ण १ रजत दिलायो

२०७५, १८ आश्विन बिहीबार ०६:४७

चिसाङ शेर्पा | असोज १८, खोटाङ | सिराहामा आयोजित गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा एक नम्बर प्रदेश पहिलो भएको छ । गोलबजार नगरपालिकाको आयोजना तथा नेपाल कराते महासंघ शाखा डोजो जम्दहको सहआयोजनामा भएको प्रतियोगितामा १३ स्वर्ण ३ रजत १ कास्य लिएर प्रदेश नम्बर एक पहिलो भएको हो 

बुधबार साँझ सम्पन्न प्रतियोगितामा प्रदेश नम्बर एकलाई खोटाङका खेलाडीले ६ स्वर्ण, १ रजत ल्याएर जिल्लाको शान राखेका छन् । खोटाङको तर्फवाट महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा रोश्मा राई, विद्याकला राई, जस्मिना राईले स्वर्ण दिलाएकी थिईन् । पुरुष कुमितेमा सन्तोष राईले ६० केजी र सुजन राईले ७५ केजी तौल समुहमा स्वर्ण पदक दिलाएका हुन् ।

महिला कुमितेमा खोटाङकी विद्याकला राईले ५५ केजी तौल समुह र मिसडोना राईले ६८ केजी प्लसमा स्वर्ण र ६८ केजी माईनस तौल कुमितेमा जस्मिना राईले एक रजत दिलाएकी थिईन् । प्रदेश नम्बर एककै लागि ओखलढुंगाका मिलन राईले ४५ केजी र मोरङका रोमन खड्काले ५० केजी तौल समुहमा स्वर्ण दिलाएका छन् । मोरङका रोजन खड्काले ६७ केजी तौल समुहमा एक रजत र तेह्रथुमका चन्दन चौधरीले एक कास्य दिलाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी खोटाङका विद्याकला राई, उत्कृष्ट पुरुष खेलाडी सन्तोष राई र सोही जिल्लाका मिलन कसजु उत्कृष्ट प्रशिक्षकमा छनौट भएका छन् । उनीहरुले ट्रफी प्रमाणपत्र पाएका छन् । आयोजक टिमका लागि खोटाङका इश्वरधन राईले ७५ केजी प्लसमा १ स्वर्ण पदक दिलाएको थियो ।

प्रतियोगितामा प्रदेश नम्बर तीन २ स्वर्ण, २ रजत ५ कास्य ल्याएर दोश्रो तथा आयोजक टिम १ स्वर्ण ४ रजत ७ कास्य लिएर तेश्रो भएका छन् । विजयी टिम प्रथमले ७५ हजार ५ सय ५५, दोश्रोले ५० हजार ५ सय ५५ र तेश्रोले ३० हजार ५ सय ५५ नगदका साथमा मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । तीन दिवसीय प्रतियोगितामा सात प्रदेशका एक एक टिम र आयोजक टिम गरी ८ टिमको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित