२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ: मुख्यमन्त्री राई

१८ आश्विन २०७५, बिहीबार ०७:३४

असोज १८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलो दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उहाँले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलोे दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताउनुभयो । 

उहाँले प्रदेशमा बङ्गुरपालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि बजारका रुपमा छिमेकी देश भारतको सिक्किम, अरुणाचल प्रदेश, दार्जलिङ र भूटानमा रहेकाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान प्रदेश सरकारले प्रदान गर्ने विश्वास दिलाउनुभयो । मुख्यमन्त्री राईले प्रदेशमा उत्पादित विभिन्न मासुको बजार व्यवस्थापनका लागि यसै आवभित्र वाताकूलित यातायातको व्यवस्था गरिने जानकारी दिनुभयो । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक सीप र प्रविधिको विषयमा ज्ञान दिनुपर्ने बताउनुभयो । प्रदेशमा माछा, बङ्गुरपालन तथा मसलाजस्ता नगदे बालीको उत्पादन र बजार विस्तारका लागि सरकारले किसानलाई आवश्यक सम्पूर्ण सहयोग र सुविधा उपलब्ध गराउने उहाँले बताउनुभयो । 

प्रदेशका मुख्य सचिव केदार न्यौपानेले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न सरकारले ज्ञान केन्द्र र कृषिविज्ञ टोलीको गठन गरी आवश्यक छलफल शुरु गरेको जानकारी दिनुभयो । सो कार्यालयले प्रदेशका १४ जिल्लामा पशुपक्षी तथा मत्स्य उत्पादन वृद्धिका लागि अनुगमन, निरीक्षण र स्थलगतरुपमा प्राविधिक सहयोग कृषकलाई उपलव्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’