2026-09-14 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्तनगरमा पुरानो भवनलाई नक्सा पासका लागि ६ महिनाको समय

असोज १८, महेन्द्रनगर । भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण सँहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरुको नक्सा पास गर्न सुरु गरिएको छ । भीमदत्तको तेस्रो नगर सभाबाट नगरपालिकाका भवन निर्माण सँहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरुको मापदण्ड पुरा गरी नक्सा पास गर्ने निर्णय गरिएको थियो ।

नगर सभाको निर्णय अनुसार नगरपालिका कार्यालयले ती भवनको मापदण्ड पुगाएर नक्सापास सुरु गरिएको छ । अहिले नगर सभाको निर्णय अनुसार दैनिक रुपमा कार्यालयमा नक्साका लागि वासिन्दा आउने गरेका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण सँहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगर सभाबाट भवन सँहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय गरिएको जानकारी दिए ।

‘नगरपालिकाको ऐन कानुन नियम अनुसार भवन निर्माण सँहिता अनुसार नक्सापास नगरी भवन निर्माण गर्न पाइदैन’ उनले भने,‘यस अनुसार सरकारी, गैर सरकारी निजी सबै भवनको नक्सापास गर्छौ ।’

नगर सभाको निर्णय अनुसार भदौ १ गतेदेखि सुरु गरिएको नक्सापास ६ महिनासम्म जारी रहनेछ । भीमदत्त नगरपालिकामा आर्थिक वर्ष २०७२÷०७३ देखि राष्ट्रिय भवन सँहिता लागू गरिएको हो । स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टले भीमदत्तलाई व्यवस्थित सहर बनाउन भवन सँहिता कार्यान्वयनका लागि प्रतिवद्धता गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिमको प्रक्रिया पुरागरी भवन सँहिता लागू हुन पूर्व निर्माण गरिएका सबै भवनको नक्सापास सुरु गरिएको हो ।

यो परिच्छेदको भवन निर्माण तथा सडक सम्बन्धी व्यवस्था अन्र्तगत स्थानीय तहबाट नक्सा पास नगरी भवन निर्माण गर्न नपाइने प्रावधान राखिएको छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सा पास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था गरिएको छ ।

भीमदत्त नगरपालिकाका वडा कार्यालयले नगर सभाको निर्णय अनुसार पूराना भवनको नक्सापास गराउन नगर वासिन्दालाई सार्वजनिक सूचना गरी आव्हान गरेका छन् ।

भीनपा वडा नं. २ का अध्यक्ष डम्मर सिह कार्कीले नगर सभाको निर्णय अनुसार नक्सा पास गराउन सार्वजनिक सूचना जारी गरिएको बताए ।

‘भवन सँहिता अनुसार लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गराउन सबै वडावासीलाई आग्रह गरी सूचना जारी गरेका छौ’ वडा अध्यक्ष कार्कीले भने ।

भीनपाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर गोरख बहादुर सिहले नगरसभाको निर्णय अनुसार भदौ १ गतेदेखि भवन सँहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न थालिएको बताए ।

‘अहिले दैनिक रुपमा नक्सापासका लागि फाइल आइ रहेका छन्, यसबाट नक्सा पास हुन बाँकी नगर वासिन्दालाई सहयोग पुग्छ’ उनले भने,‘यसका लागि सार्वजनिक रुपमा सूचना प्रकाशित गरिएको छ ।’

भीमदत्त नगरपालिकामा हालसम्म ७ हजार ५ सय भवनको नक्सा पास गरिएको छ । नगरपालिका क्षेत्रमा २२ हजार भन्दा बढी घरधुरी छन् । नक्सापास नगरी निर्माण गरिएका भवनको संख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालु आर्थिक वर्षमा भवन सँहिता कार्यान्वयनलाई प्राथमिकता दिएका हुन् ।

गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३ सय ८२ नक्सा दर्ता भएकोमा २ सय ७५ पास गरिएका छन् । त्यसमा सबैभन्दा धेरै वडा नं. १८ मा १ सय १२ दर्ता भएकोमा ९० ओटा पास गरिएका छन् ।

यसैगरी वडा नं. ९ मा एउटा पनि नक्सा दर्ता गरिएको छैन । गत आर्थिक वर्षमा नक्सापासबाट ७७ लाख आम्दानी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ