२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बोक्सी भन्दै कुटपिट गरेको आरोपमा दुई पक्राउ

१८ आश्विन २०७५, बिहीबार १७:१३

असोज १८, सप्तरी (रासस) | बोक्सी भन्दै कुटपिट गरेको आरोपमा घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

विष्णुपुर गाउँपालिका–३ बस्ने ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी मालिनलाई बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय सियाराम यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

आरोपित यादवसहित उनका परिवारका सदस्यले आफूहरुलाई बोक्सीको आरोप लगाई गाउँ निकालाको प्रयास गर्दै आएका पीडितले बताएका छन् । गत भदौ ३० गते बोक्सीको आरोप लगाई स्काभेटरले घर भत्काएर गाउँ निकालाको प्रयास गरेको पीडित अनुरागीदेवीले बताउनुभयो । पक्राउ परेका यादवले जग्गा विवादमा आपसमा भएको झगडालाई अर्कै रुप दिई झुठा उजुरी दर्ता गरिएको बताउनुभयो । 

यस्तै बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का २८ वर्षीय प्रमोद पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सी भन्दै गत भदौ १३ गते सोही ठाउँ बस्ने शान्तिदेवी मण्डललाई अमानवीय व्यवहार गरेको आरोपमा पण्डित पक्राउ परेका हुन् । आरोपित पण्डितका बुबा विष्णुदेव पण्डित हालसम्म पक्राउ परेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य