पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १९, रकुम |</b> रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । <br></p><p>रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार सोही गाउँपालिका– २ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो । ट्र्याक्टर चालक जाजरकोटका शीतल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । </p>

