२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

चाडपर्वलाई लक्षित गरी पाँचथरको फिदिममा गरियो बजार अनुगमन

१९ आश्विन २०७५, शुक्रबार १२:५३

कमल घिमिरे पाँचथर ,असोज १९,चाडपर्वलाई लक्षित गरेर पाँचथरको फिदिममा आज बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा फिदिमका दैनिक उपभोग्य सामाग्री विक्री गर्ने पसलहरुमा मूल्य सूची नराखिएको पाइएको हो ।

ठूला पसलहरुले मात्रै मूल्य सूचीहरुयस्तै कतिपय पसलहरुले खाद्यन्न विक्री गर्ने पसलमा सम्वन्धित निकाय  बाट अनुमति नै नलिई सुर्तिजन्य पदार्थहरु विक्री वितरण गरेको पाइएको थियो ।

कतिपय पसलहरु दर्ता प्रक्रियामा नै नगई संचालनमा रहेको पाइएको र पहिल्यैको तुलनामा म्याद गुज्रिएका सामानहरु भने कम फेला परेको पाइएको अनुगमन समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेतले बताउनुभयो ।उहाँले भन्नुभयो,“होलसेलर पसलमा मात्रै मूल्य सूची राखेको र साना किराना पसलमा मूल्य सूची नराखिएको हुँदा उनीहरुलाई तिन दिन भित्र मूल्य सूची राख्न सुझाव दिएका छौ ।”

यस्तै उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले पहिल्यैको तुलनामा अहिले बजारमा म्याद गुज्रिएका सामानहरु भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले उपभोक्ता पनि सचेत भएका र कम्पनीले पनि म्याद गुज्रिएका सामानहरु फिर्ता लैजाने हुँदा कम मात्रै म्याद गुज्रिएका सामानहरु भेटिएको हुन सक्छ ।”

सदरमुकाम फिदिम बजारमा पसल दर्ता भएका र म्याद गुज्रिएका सामानहरु कमै मात्रै भेटिन्छ तर गाउँका बजारमा भने दर्ता नै नगरी ब्यवसाय संचालन गर्ने गरेको,म्याद गुज्रिएका सामानहरु विक्री गर्ने गरेको पाइएको अनुगमन समितीमा संलग्न जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा प्रकाश अधिकारीले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान