२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाँके दुर्घटना अपडेट: मृतकमध्ये ५ जनाको सनाखत, घाइते १७ जनाकै परिचय खुल्यो (नामावलीसहित)

२० आश्विन २०७५, शनिबार १२:४०

असोज २०, नेपालगन्ज | बाँकेमा भएको सडक दुर्घटनाका मृतकमध्ये ५ जनाको परिचय खुलेको छ भने एक जनाको अहिलेसम्म पहिचान हुन सकेको छैन। त्यसैगरी घाइते १७ जनाको पहिचान भइसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सम्शेरगन्ज जंगलमा शनिबार बिहान दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको रा१ख १६६२ नम्बरको हाइस र नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । 


पालिका दाङ निवासी तुल्सी रावत, तुलसीपुरकै २७ वर्षीया बसन्ती चौधरी, ४० वर्षीया नारायणी श्रीस, ३० वर्षीया दोर्णा बुढाथोकी  र तुलसीपुरकै हायस चालक ३३ वर्षीय सुगने चौधरीको मृत्यु भएको छ। ‘एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन,’ डिएसपी सिंहले भने। मृतकको शव कोहलपुरमै रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी तुलसीपुर–५ निवासी २१ वर्षीया कृष्ण रिजाल, तुलसीपुर–५ की २४ वर्षीया गीता भण्डारी, सोही ठाउँकी ५० वर्षीया धनी डाँगी, रोल्पा थवाङ–२ की ४३ वर्षीया राजकुमारी रोका, सोही ठाउँका ४२ वर्षीया कर्मबहादुर बुढा, शारदा नगरपालिका–१४ सल्यानकी चन्द्रहकला पुन, तलुसीपुर–६ निवासी ४० वर्षीया इन्दिरा केसी, छायाक्षेत्र गाउँपालिका–३ सल्यान निवासी ३३ वर्षीया मिना योगी, तलसीपुर–८ का ४२ वर्षीया ईश्वरी ओली, दाङ निवासी ५९ वर्षका टेकबहादुर सुनार घाइते भएका छन्। 

यस्तै तुलसीपुर–६ निवासी ३६ वर्षीया कल्पना बस्नेत, तुलसीपुर–३ निवासी २३ वर्षीया अञ्जली बर्मा, तुलसीपुर–८ का २३ वर्षीय प्रेम बुढा, तुलसीपुर–९ का २९ वर्षीया मोहनराज जोशी, तुलसीपुर–७ की ४८ वर्षीया मनकुमारी ओली, तुलसीपुर–५ की २२ वर्षीया अञ्जली पुन(ओली) र तुलसीपुर–५ का २५ वर्षीया प्रकाश ओलीको नाम, ठेगाना पहिचान भएको छ।  उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । घाइते १७ जनाको शिक्षण अस्पताल कोहलपुरमा उपचार चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ