२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पश्चिम नवलपरासीमा मेलमिलाप इजलास स्थापना

२२ आश्विन २०७५, सोमबार ०४:१५

असोज २२, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मेलमिलाप इजलास स्थापना गरी न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न थालेको छ । 

स्थानीय तहमा दर्ता भएका मुद्दाको मेलमिलाप पद्धतिबाटै निरूपण गर्न कार्यालयमा मेलमिलाप इजलास स्थापना गरी सेवाग्राहीलाई सेवा दिन थालेको हो । 

न्यायिक समितिकी संयोजक तथा उपप्रमुख रम्भा कुँवरका अनुसार न्यायमा विपन्न समुदायको पहुँच बढाउन र न्यायिक समितिमा परेका मुद्दालाई किनारा लगाउन मेलमिलाप इजलास स्थापना गरिएको छ । 

सबै विवाद र मुद्दाको निकास मेलमिलापबाट सम्भव नभएपछि नगरपालिकाले इजलास नै निर्माण गरेर वादी र प्रतिवादी (दुवै पक्ष) को सुनुवाइ गरिने व्यवस्था मिलाइएको छ । 

नगरपालिकाको न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न इजलासमा बसेर वादी र प्रतिवादीका कुरा सुनेर सकभर मेलमिलापबाटै समस्या समाधान गर्ने प्रमुख दायित्व रहेको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख कुँवरले बताउनुभयो । 

रामग्राम नगरपालिकामा पछिल्लो एक वर्षमा २० जग्गा र साँध विवादका निवेदन दर्ता भएकामा सबै विवाद मेलमिलापबाट किनारा लगाइएको छ । रामग्राम नगरपालिकाका उजुरी प्रशासक रामजी सहनीका अनुसार अधिकांश मुद्दा लेनदेन, साँध–सिमाना, श्रीमान–श्रीमती र परिवारबीचको झगडा र सार्वजनिक जग्गासम्बन्धी दर्ता हुने गरेका छन् । 

नगरपालिकामा स्थापना भएको इजलासको बनोट र काम गर्ने शैली अदालतको भन्दा कम छैन् । न्यायिक समिति गठन भइसकेपछि रामग्राम नगरपालिकामा समस्या समाधान लागि भनी करीब १०० भन्दा बढी निवेदन परेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य