2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पश्चिम नवलपरासीमा मेलमिलाप इजलास स्थापना

असोज २२, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मेलमिलाप इजलास स्थापना गरी न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न थालेको छ । 

स्थानीय तहमा दर्ता भएका मुद्दाको मेलमिलाप पद्धतिबाटै निरूपण गर्न कार्यालयमा मेलमिलाप इजलास स्थापना गरी सेवाग्राहीलाई सेवा दिन थालेको हो । 

न्यायिक समितिकी संयोजक तथा उपप्रमुख रम्भा कुँवरका अनुसार न्यायमा विपन्न समुदायको पहुँच बढाउन र न्यायिक समितिमा परेका मुद्दालाई किनारा लगाउन मेलमिलाप इजलास स्थापना गरिएको छ । 

सबै विवाद र मुद्दाको निकास मेलमिलापबाट सम्भव नभएपछि नगरपालिकाले इजलास नै निर्माण गरेर वादी र प्रतिवादी (दुवै पक्ष) को सुनुवाइ गरिने व्यवस्था मिलाइएको छ । 

नगरपालिकाको न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न इजलासमा बसेर वादी र प्रतिवादीका कुरा सुनेर सकभर मेलमिलापबाटै समस्या समाधान गर्ने प्रमुख दायित्व रहेको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख कुँवरले बताउनुभयो । 

रामग्राम नगरपालिकामा पछिल्लो एक वर्षमा २० जग्गा र साँध विवादका निवेदन दर्ता भएकामा सबै विवाद मेलमिलापबाट किनारा लगाइएको छ । रामग्राम नगरपालिकाका उजुरी प्रशासक रामजी सहनीका अनुसार अधिकांश मुद्दा लेनदेन, साँध–सिमाना, श्रीमान–श्रीमती र परिवारबीचको झगडा र सार्वजनिक जग्गासम्बन्धी दर्ता हुने गरेका छन् । 

नगरपालिकामा स्थापना भएको इजलासको बनोट र काम गर्ने शैली अदालतको भन्दा कम छैन् । न्यायिक समिति गठन भइसकेपछि रामग्राम नगरपालिकामा समस्या समाधान लागि भनी करीब १०० भन्दा बढी निवेदन परेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ