२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा लाखौँको घरेलु मदिरा बरामद

२०७५, २२ आश्विन सोमबार ०५:४०

असोज २२, बझाङ | बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध घरेलु मदिरा छापा मारी नष्ट गरेको हो । 

जिल्लास्थित चैनपुरको भोटेटोल, भोपुर र मष्टाको पुरीगाउँलगायतका स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ । सदरमुकाम चैनपुरको भोटेटोलबाट मात्रै एक हजार लिटर मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । 

चैनपुर आसपासबाट बरामद गरिएको मदिरा चैनपुरको रिङरोडबाट सेती किनारमा नष्ट गरिएको छ । 

चाडपर्व नजिकिएसँगै बझाङका सबै ठाउँमा जुवा खेल्ने, खेलाउने, मदिरा बिक्री वितरण गर्ने गिरोह सक्रिय हुने गरेका छन् । चैनपुरलगायतका ठूला बजारमा जथाभावी बोल्ने मान्छेको लहर बढेको र जताततैबाट प्रहरीको मिलोमतोमा जुवातास खेलाइएका गुनासो आउन थालेपछि थप कडाइ गरिएको नायव उपरीक्षक धितालले बताउनुभयो । 

केही दिन अघि जिल्लासभाले जिल्लामा पूर्ण रूपमा मदिरा बन्द गराउने निर्णय गरेको थियो । तर, त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घ बझाङले उच्च अदालत दिपायलमा मुद्दा हालेपछि अदालतले अर्काे आदेश जारी नभएसम्मका लागि मदिरालाई बन्द नभई नियन्त्रण गर्न आदेश दिएपछि जिल्लामा छापा मार्दै मदिरा नियन्त्रण गर्न लागिएको छ । मदिराका कारण बझाङ जिल्लामा वर्षेनी कम्तीमा १५ देखि २० ले ज्यान गुमाउने गरेका छन् भने अर्कातिर घरेलु हिंसासमेत बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते