2026-09-13 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्तीमा एक विशेषज्ञसहित चार चिकित्सक थप

असोज २२, दाङ | राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । 

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आउनु भएको हो । यस्तै स्वास्थ्य सेवा विभागले थप दुई चिकित्सकलाई अञ्चल अस्पतालमा पठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाले समेत एक चिकित्सकको व्यवस्था गरेको छ । लामो समयसम्म रिक्त दरबन्दीमा नौ नर्स काममा खटिएका अस्पतालका निमित्त प्रमुख डा सर्वेश शर्माले जानकारी दिनुभयो । “अब अस्पतालको सेवा थप प्रभावकारी बन्छ,” उहाँले भन्नुभयो । 

यसअघि चिकित्सक अभावमा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत अन्य अस्पताल पठाउनुपर्ने बाध्यता थियो । “थप चिकित्सक भित्र्याउने तयारीमा छौँ,” डा शर्माले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले