२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको ओखरपौवास्थित स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

२३ आश्विन २०७५, मंगलवार ०३:३०

असोज २३, बेत्रावती (रासस) | भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ । 

‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)मार्फत निर्माण गरिएको सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो । भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले काठमाडाँै उपत्यकाको फोहर विसर्जनका कारण विभिन्न रोग देखा पर्ने गरेकामा नयाँ भवनका कारण स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा (लामा)ले स्थानीयवासीको माग बमोजिम स्वास्थ्य चौकीमा ‘प्रयोगशाला’ निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । रु एक करोडको लागतमा निर्माण गरिएको सो भवनमा बहिरङ्ग, प्रसूति, गर्भजाँच, औषधि कक्ष र कर्मचारी निवासको व्यवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज पर्शुराम अर्यालले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्ससमेत यही स्वास्थ्य संस्थामार्फत सञ्चालन गर्न लागिएको छ । 

भवन हस्तान्तरण कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ्ग सिक पार्क, कोइकाका नेपालस्थित आवासीय प्रमुख डा होङ क्यो किम, जिएनआइका नेपालस्थित आवासीय प्रमुख मिन हो चोइ, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि शान्ति काररञ्जितलगायतको उपस्थिति रहेको थियो । यहाँ ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण जारी छ । भूकम्पले जिल्लाका ८० स्वास्थ्य संस्थामा क्षति पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य