Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाँच दिनदेखि शव दमौली अस्पतालमै

By साझासवाल 3 मिनेट पढाइ

असोज २३, दमौली (रासस) | भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ ।

क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नं को बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो । पीडित परिवारले जानाजान ठक्कर दिएर मारेको भन्दै चालकविरुद्ध किटानी जाहेरी दिएका छन् ।

मृतकको परिवारले रु सात लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले तेस्रो पक्षको बिमाबापत प्राप्त हुने रु पाँच लाखबाहेक रु एक लाखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने जनाएको छ ।

विवाद मिलाउन समिति

व्यास नगरपालिकाले व्यास नगरपालिका–१ को वडा कार्यालयसम्बन्धी विवाद मिलाउन नौ सदस्यीय समिति गठन गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगरपालिकामा बसेको सरोकारवालाको बैठकले वडा कार्यालयको नयाँ भवन कहाँ बनाउने भन्ने सम्बन्धमा छलफल गरी राय सुझाव दिन समिति गठन गरेको हो ।

समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट चार, नेपाली काङ्ग्रेसबाट चार र एक इञ्जिनीयर रहेका छन् । समितिले कात्तिक १५ गतेसम्म सुझाव दिने छ । व्यास नगरपालिका–१ को स्थायी कार्यालय राख्नेबारे काङ्ग्रेस र नेकपाबीच विवाद छ । नेकपाले चारकुने तथा काङ्ग्रेस अन्यत्र कार्यालय राख्न् माग गर्दै आएको छ । विवादका कारण वडा कार्यालय भवन निर्माण हुनसकेको छैन ।