२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने

२३ आश्विन २०७५, मंगलवार ०४:०१

असोज २३, स्याङजा (रासस) | भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । 

वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ । “घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन,” उहाँले भन्नुभयो, “बर्खाभरि पानी चुहिने, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने, जाडोबाट बच्न गाह्रो हुने भयो ।” 

यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन नकसेको बताउनुहुन्छ । रेग्मीलाई जस्तै वालिङ नगरपालिका–१२ का हुमनाथ पराजुलीलाई पनि राहत नपाउँदा समस्या भएको छ । उहाँले पहिलो किस्तासमेत पाउनु भएको छैन । उहाँले भन्नुभयो, “घर पूर्ण रूपमा क्षति भएपछि भत्काएर जसोतसो बनाएँ, रातो कार्ड त दिएका छन्, राहतको पहिलो किस्तासमेत अहिलेसम्म पाइएको छैन ।” 

जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या नौ हजार ३३३ रहेको छ । आठ हजार ७६६ को पूर्ण क्षति तथा ५६७ को घर आंशिक रुपमा क्षति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयले जनाएको छ । पाँच सय जनाले विभिन्न कारणले पहिलो किस्ता पाएका छ्रैनन् । कार्यालयका प्रमुख प्रविन ढकाल केही लाभग्राहीले सम्झौता नगरेको र केहीको नम्बर जुधेका कारण समस्या भएको बताउनुहुन्छ । उहाँले पहिलो किस्ता नपाएका लाभग्राहीलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । स्थानीय निकायलाई नै यसको जिम्मा दिने तयारीमा रहेकोले अब नयाँ कार्यविधि पारित भएपछि दशैँ पछाडि लाभग्राहीले सहज रूपमा रकम पाउने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान