२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अस्पताल निर्माण गर्ने कम्पनीलाई कारबाहीको माग

२०७५, २३ आश्विन मंगलवार १४:२७

कमल घिमिरे ,पाँचथर असोज २३ सम्वन्धित कार्यालय बाट नक्सा पासनै  नगरी जिल्ला अस्पताल पाँचथरको भवन निर्माण भएको भन्दै निर्माण गर्ने कम्पनी अनक हिराचन जेभी काठमान्डौँलाई कारवाहीको माग गरिएको छ ।

५० सैयाको पाँचथर अस्पताल भवन निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन जेभी काठमाण्डौंलाई कारबाही गर्न माग गरिएको हो ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगानाले फिदिम नगरपालिकालाई पत्र लेखि कारबाहीको माग गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ को उपदफा ५ मा नक्सा पास नगरी वा डिजाइन स्टिमेटभन्दा फरक पारी भवन बनाएमा सम्बन्धित स्थानीय सरकारले पाँच लाखसम्म जरिवाना गराउनसक्ने प्रावधान छ ।

सोही बमोजिम नक्सा पास नगरी निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन जेभी काठमाण्डौंलाई कारबाही गर्न ढुंगानाले माग गरेका हुन् । उनले नक्सा पास नहुनुको कारण बुझ्न यसअघि पटक–पटक सम्बन्धित निकायमा सूचना माग्दा पनि सूचना प्राप्त नगरेको बताएका छन् ।

ढुंगानाले यसअघि पनि अस्पताल भवनको डिजाइन स्टिमेट, ठेकेदारको प्रतिबद्धता पत्र (विल अफ कन्टिटि) लगायतको सूचना माग गरेका थिए । ढुंगानाले सूचना माग गरेपछि भवन निर्माणको क्रममा लगाइएको बाँसको टेको हटाएर फलामको टेको लगाइएको थियो भने त्यसअघि नराखिएको क्यान्टिलिभर पनि राखिएको थियो । कारबाहीको लागि ढुंगानाले सोमबार पठाएको पत्र नगरपालिकाले सोमबार नै दर्ता नम्बर ३०७ मा दर्ता गरेको छ । फिदिम नगरपालिका–१, मा रहेको जिल्ला स्वास्थ्य कार्यालयको परिषरमा ५० सैयाको पाँचथर अस्पतालको नयाँ भवन निर्माणधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते