पढ्न करिब 1 मिनेट लाग्छ
<p>असोज २३, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर सबार गाडीमा तोडफोड गरिएको छ । नगरपालिकाको परिषद सकिएपछि मेयर गंगा पासमान बाहिर जान खोज्दा ना १ झ १६३९ नम्बरको स्कारपियोमा उछृंखल ब्यक्तिहरुले मंगलबार बेलुकी ढुंगामुढा गरी सिसा फुटाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/1647e5d121b18258a68cb508959b87881539152014.png" style="width: 816px;"><br></p><p>ज्यान मार्ने उदेश्यले योजनाबद्ध रुपमा आक्रमण गराएकोले बालबाल बाँचेको मेयर पासमानको भनाई रहेको छ । स्थानिय केहि व्यक्तिको योजनामा घटना गराईएको उनको आरोप छ । मेयर पासमान सकुसल रहेको छ । </p>

