2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेकपाको नवलपरासी जिल्ला कार्यदलले थाल्यो काम

असोज २५, परासी | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । 

उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्य दलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जिल्लाका सातै स्थानीय तहमा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । 

शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रमका लागि सातै स्थानीय तहमा विभिन्न नेतालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको नेता गैरेले जानकारी दिनुभयो । 

नेकपा पश्चिम नवलपरासीको कार्यदललाई जिल्ला र जिल्ला मातहत गाउँपालिका तथा नगरपालिकामा पार्टी गतिविधि सञ्चालन गर्न, जिल्ला तहको भौतिक संपतिको अभिलेख तयार गरी एकीकरण गर्न र जिल्ला मातहतका कमिटीको एकतालाई पूर्णताका लागि सुझाव दिन समितिले निर्देशन दिइएको छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ