२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

ट्याक्सी व्यवसायीहरु यात्रु ठग्दै, एक किमिमा ३० रूपैया लिदै

२०७५, २५ आश्विन बिहीबार ०२:५४

कमल घिमिरे ।असोज २५, पाँचथर | पाँचथरको दक्षिणी तुम्बेवा गाउँपालिकाका  गाउँपालिका केन्द्रबाट ३४ किलोमिर दुरीको यात्रा बापत एक हजार बुझाउँन बाध्य भएका छन् ।

प्रस्तावित तमोर कोरिडोर सडक अन्तर्गत पापाँचथर को तुम्बेवा गाउँपालिकाको केन्द्र मौवादेखि धनकुटा जिल्लाको मुलघाटसम्म पुग्न ३४ किलोमिटरको सडक पार गर्नु पर्छ । सवारी साधनको अभावको कारण स्थानीय सवारी सञ्चालनकहरुले तोकेको भाडा तिर्न बाध्य भएका हुन । छोटो मार्गको रुपमा पूर्वी तराईलाई ताप्लेजुङको ओलाङचुङगोलाहुदै चीनसम्म जोड्ने उदेश्यले निर्माणाधीन तमोर कोरिडोर अन्तरर्गत मौवा–धरान खण्डमा सवारी सञ्चालन हुन थालेको बर्ष्दिन भएको छ । सवारी साधन संञ्चालन हुन थालेपछि यातायात ब्यवसाहीहरुले मनपरी भाडा दर निर्धाणर गरेका थिए । हालसम्म पनि उक्त भाडादर कायमै हुदा स्थानीयवासी चर्को भाडा तिर्न बाध्य भएका छन् ।

गाउँपालिकाको केन्द्रबाट दैनिक ५ ओटा ट्याक्सी झापाको दमकसम्म सञ्चालित छन् । गाउँपालिकाको केन्द्र मौवादेखि दमकसम्मको दुरी १ सय २५ किलोमिटर छ । ट्याक्सी सञ्चालकहरुले धनकुटाको मुलघाटहुदै यात्रु जुनसुकै ठाउँमा उत्रिएपनि पूरै १ सय २५ किलोमिटरको भाडा लिने गरेको स्थानीयको गुनासो रहेको छ ।

मौवा बजारबाट मुलघाटसम्मको दुरी ३४ किलोमिटर छ भने मौवा–धरानको दुरी ७२ किलोमिटर । यी जुन स्थानसम्म पुगेपनि यात्रुले पूरा १ सय २५ किलोमिटरको भाडा तिर्नुपर्ने बाध्यता रहेको तुम्बेवा गाउपालिका वडा न. ३ का वडा अध्यक्ष कमल थापाले बताउनुभयो । यता सवारी चालक चालकहरुले भने सडकको अबस्थाका कारण हिउदको समयमा भन्दा पनि बर्खाको समयमा एक हजार भाडा लिने गरेको बताएका छन्  । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकबाट मौवाहुदै धरान पुग्न ७० किलोमिटर दुरी पार गर्नुपर्छ यासोकबाट धरानसम्मको ७० किलोमिटरको भाडा ८ सय रुपयाँ रहेको स्थानीयवासी बताउँछन् । तर यासोक भन्दा छोटो दुरीमा रहेको मौवाबाट मुलघाट होस् वा धरान जहाँ पुगेपनि एक हजार भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई रहेको छ ।

स्थानीयवासीले चर्को भाडा दरको बिषयमा गाउँपालिका प्रमुखलाई गुनासो गरेपछि गाउँपालिकाले पटक–पटक छलफल गरिसकेको गाउँपालिका प्रमुख होमनाथ थापाले बताउनुभयो । पाँचथरको कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकावासी छोटो दुरीको सडकको रुपमा तमोर कोरिडोरको सडक प्रयोग गर्दै आएका छन । तर व्यवसाहीको चर्को भाडा दरबाट स्थानीय लामो समयदेखि ठगिदै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते