Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

राप्ती आँखा अस्पतालमा निःशुल्क उपचार सेवा

By kit

असोज २५, तुलसीपुर | ‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस यहाँ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका तीन वटा आँखा अस्पतालले आज निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मोतिविन्दुको निःशुल्क शल्यक्रियादेखि अन्य सेवा निःशुल्क दिने अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर तथा यसअन्तर्गतका अस्पताल र उपचार केन्द्रले स्थापनाकालदेखि हालसम्म २२ लाख ८३ हजार ९२७ जनालाई आँखा उपचारको सेवा उपलब्ध गराइसकेको र तीन लाख ५४ हजार ९८८ जनालाई निःशुल्क आँखा उपचारको सेवा उपलब्ध गराएको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी गराउनुभयो ।

यसैगरी हालसम्म एक लाख ५४ हजार ४१ जनाको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको बताइएको छ ।