२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा दशैका यात्रुको चहल पहल ( फोटो फिचर )

२०७५, २६ आश्विन शुक्रबार ०८:५९

प्रेम सुनार । असोज–२६, बुटवल । दशै नजिकिए संगै बुटवल बसपार्कमा दशैका यात्रुहरुको चहल पहल निकै बढेको छ । प्रदेश सरकारले दशैका यात्रुहरु ठगिन र अन्य झण्झटमा पर्न नपरोस भन्ने उद्देश्यका साथ बसपार्क  भित्र ट्राफिक प्रहरी सहितको नागरिक सहायता कक्ष राखे पछि बिगतको जस्तो  यात्रुहरु ठगिन र अन्य सास्ती खेप्न नपरेको पाईयो ।

शुक्रवार विहानै देखि बुटवलबाट बाहिरिनेहरुको घुईचो थियो । नागरिक सहायता कक्षमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक डोरबहादुर थापाका अनुसार दैनिक दशौ हजारको  संख्यामा बुटवलबाट मानिसहरु दशै मान्नका लागि बाहिरिने गरेका छन ।

भारतबाट  डेढ  दशक पछि परिवार सहित लिएर दशै मान्न घर आएका गुल्मी ईस्माका बिष्णु परियारलाई अहिले बुटवलका सडक चौडा भएको र  एक दशक अघि उनले देखेको बिकास र अहिलेको बिकासले दंग  पारेको छ । ‘राम्रो बिकास भए छ , बाटो पनि यति चौडा  देखे , म त दंग परेको छु ’–परियारले सोेधे हाम्रो ईस्मा सम्मै गाडी जान्छ ?’

उनि पहिलो पटक तम्घास देखि उनको गाउँपालिकाले छुने स्थान सम्म पिच गरेको बाटो हुँदै घर जाने छन । उनको घर सम्म पिच भई नसके पनि सडक चौडा र सुविधा जनक यात्रा गर्दैं उनि घरमा पुग्ने छन । उनि सहित भारतको दिल्लीबाट एक बस यात्रुहरु अहिले बिहान झरेर गुल्मी, अर्घाखाँची र बाग्लुङ्ग सम्म जानका लागि टिकट लिदै थिए ।

बैदेशिक रोजगारबाट आउनेहरु सुडकेश गुडाउँदै काण्टर तर्फ लाग्दै थिए । प्रहरीको निगरानी बढेकाले विगतका जस्तो पकेट माराहरुको खासै डर देखिएन । ट्राफिक प्रहरी नायव निरीक्षक थापा भन्छन –‘हामीहरुले यात्रुहरुको  हर कुरामा निगरानी बढाएका छौं ।

कतिपय डबल टिकट परे पछि हामी कहाँ आउनु हुन्छ । बृद्ध बृद्धा  र महिलाहरुलाई अनिवार्य सुरक्षित सिटहरु पनि हामीले उपलब्ध गराई  पठाउने गरेका छौं । निर्धारित भाडा दर भन्दा बढि लिन हामीले दिएका छैनौं । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते